केशवप्रसाद भट्टराई
ताप्लेजुङ, ८ फागुन । पाथीभरा यातायात प्रा.लि.ले ताप्लेजुङ जिल्लाका सवै क्षेत्रमा जाने तथा आउने यातायात बन्दको घोषणा गरेको छ ।
पाथीभरा क्षेत्रमा निर्माणाधिन केबलकारको सन्दर्भलाई लिएर केबलकार खारेजी पक्षले गरिरहेको आन्दोलनको क्रममा विहिबार काफ्लेपाटी तर्फ स्वास्थ्यकर्मी लिएर जानेक्रममा केबलकार खारेजी पक्षले साँघातिक आक्रमण गरि मे.१ ज २५७९ नम्बरको सवारी साधनमाथि साँघाटिक आक्रमण गरि गाडी तथा चालकलाई सक्त घाईते बनाएको भन्दै यातायात बन्दको घोषणा गरेको प्रेस विज्ञप्ती प्रकासित गरि जानकारी गराएको छ ।
प्रेस विज्ञाप्तीमा चालक राजकुमार पौडेललाई मरणासन्न हुने गरि कुटपीटको घटना प्रति सवारीचालक मजदुर संघ घोर भत्सना गर्दछ भनिएको छ । प्रेस विज्ञाप्तीमा आगाडी भनिएको छ ‘फाल्गुण ९ गते राति १२ बजेदेखि पाचथार झापा, ईलाम हुदै झापा जाने मेची राजमार्ग, धनकुटा हुदै सुनसरी धरान जाने तमोर करिडोर तथा ताप्लेजुङ, साघु, गुफा हदुदै सुनसरी ईटहरी जाने सबै सवारीका साधन बन्ध गरिएको जनाएको छ ।
प्रेस विज्ञप्तीमा नीज चालकको स्वास्थ्य उपचार र सवारी साधनको मर्मत साथै अन्य यातायता मजदुरहरुको जीवन सुरक्षाको प्रत्याभूत गर्न समेत सम्बन्धित निकाय प्रति ध्यानाकर्षण गरिएको छ ।
सम्मको यातायात बन्द गरिएको छ ।  यातायात व्यावसायी सघं काफ्लेपाटीले यातायात बन्दको घोषणा गरेको हो । प्रहरी र आन्दोलनरत पक्षबीच झडप भई घाइते भएकाहरूको उद्धारका लागि पुगेका ताप्लेजुङका रेडक्रस सभापति र उद्योग वाणिज्य संघ ताप्लेजुङका महासचिव तथा इन्सेक प्रतिनिधि चढेको गाडी आन्दोलनरत पक्षले बिहिबार तोडफोड गरेपछि यातायात बन्दको घोषणा गरिएको हो ।
रेडक्रसका सभापति ईन्द्रबहादुर गुरुङ, बाणिज्य संघका महासचिव कमल लिम्बु तथा ईन्सेक प्रतिनिधि एलिना दियालि लिएर गएको गाडी तोडफोड गरि चालकलाई समेत घाईते बनाएको भन्दै यातायात बन्द गरेको छ ।
गाडी तोडफोडसँगै चालकलाई कुटपिट गरि सक्त घाईते बताएको र उक्त जिम्मा आन्दोलनरत पक्षले नलिए सम्म यातायात ठप्प गरिएको यातायात व्यावसायी सघं काफ्लेपाटीका अध्यक्ष कुमार लिम्बूले जानकारी दिए । अहिले घाइते चालक र झडपमा घाइते भएका सुरक्षाकर्मीहरूलाई उपचारको लागि जिल्ला अस्पताल ल्याइएको बताएको छ । ताप्लेजुङको काफ्लेपाटीमा नो केबलकार समुहले जिप माथि तोडफोड गरि चालकलाई कुटपिट गरेका थिए ।
प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले झडपमा परि १३ जना घाईते भएका छन् । शसस्त्र प्रहरीतर्फका ११ जना, आन्दोलनरत पक्षका १ जना र कुटपिटबाट चालक घाईते भएको प्रजिअ शर्माले बताए ।
शान्तिपूर्ण पदयात्रा गर्ने भनिएपनि झडपको स्थिति सिर्जना भएको छ । झपडको स्थितिलाई नियन्त्रणमा लिनका लागि प्रहरी ७ फायर अश्रुग्यास प्रहार गरेको थियो । आन्दोलनरत पक्षका कार्यकर्ताहरू निर्माणस्थलसम्म प्रवेश गर्न खोजेपछि झडप सुरु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!