
पूर्वपोष्ट
ताप्लेजुङ, ६ फागुन । ताप्लेजुङमा फागुन ३ गते बिर्खबहादुर लिम्बुको हत्या गरेको अभियोगमा एक जना युवकलाई पक्राउ गरिएको छ ।
जिल्लाको फक्ताङलुङ गाउँपालिका वडा नं. ४ ईखावुमा छत्र बहादुर लिम्बुको सुद्धाई कार्यक्रममा झगडा हुँदा २२ बर्षीय सुवास लिम्बुलाई फागुन ४ गते पक्राउ गरिएको छ । सुवासले मृतक बिर्खबहादुरलाई मुक्काले टाउकोमा हानेपछि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी तथा प्रहरी निरिक्षक विवेक बस्नेतले जानकारी दिए ।
प्रनि बस्नेतले जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी तापेथोकको संयुक्त टोली घटना स्थलमा पुगेर आरोपीत सुवासलाई पक्राउ गरिएको बताए । प्रनि बस्नेतले अभियोग लागेका सुवासलाई मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १४ बमोजिम ज्यान सम्वन्धि कसुरमा जिल्ला अदालयत ताप्लेजुङबाट ७ दिनको म्यादथपी अनुसन्धान गरिरहेको जानकारी दिए ।