पूर्वपोष्ट
ताप्लेजुङ, २८ माघ । ताप्लेजुङ स्थीत प्रशिद्ध तीर्थस्थल पाथीभरामा निर्माण शुरु हुनलागेको केवलकार बनाउन अवरोध नगर्न फुङ्लिङ नगरपालिकाले आग्रह गरेको छ ।
जिल्लाका नगरिकहरुको भाग्य र भविश्य निर्धाण गर्ने केवलकार निर्माणलाई अवरोध नगर्न विशेषगरी पहिचानवादी ‘नो केबलकार’ पक्षलाई आग्रह गरेको छ । जिल्ला बाँसीलाई फाइदा हुनेभन्दै नगरपालिकाले निर्माणका लागि अवरोध नगर्न आग्रह गरेको हो ।
फुङलिङ नगरापालिकाले सोमबार पत्रकार सम्मेलन गर्दै नगरपालिकाले सहजगरी केबलकार निर्माणको काम गर्ने वातावरण बनाउनका लागि सबै समुह तथा पक्षलाई अनुरोध गरेको छ । पत्रकार सम्मेलनमा नगरपालिकाका प्रमुख अमिर मादेनले पाथीभरा धार्मिक आस्था हो, प्राकृतिक सम्पदन हो, प्रकृति सस्कृति साथै दैवी शक्तिलाई खलल नपुग्ने गरि पवित्रतालाई सुरक्षा र संरक्षण गर्दै केबलकार बनाउन अनुरोध गरेका छन् ।
नगर प्रमुख मादेनले विकास र समृद्धिका लागि सबै पक्ष एकजुट भएर केवलकार बनाउनुको विकल्प नरहेको बताउदै नो केबलकार पक्षधरलाई कर्ता र सहमतिमा आउन आग्रह गर्नुभयो । मेयर मादेनले आउने पुस्ताको भविश्य सम्झेरै भए पनि विकास र विकसित प्रविधिको सदुपयोग साथै कार्यान्वयनमा अभिभावक वा अहिलेको पुस्ताले विशेष ध्यान दिनुपर्ने जानकारी दिए ।
केबलकारको विषयलाई लिएर सामाजिक सद्भाव भड्किँदै गएको र आपसी भातृत्व, भाइचारा, मित्रता साथै सम्बन्धहरु बिग्रिरहेको अवस्थामा पहिचानवादी नो केबलकार पक्ष र राज्य दुवै गम्भीर सहमतिमा आउन समेत नगर प्रमुख मादेनले आग्रह गरे ।
फुङलिङ नगरपालिकाकाका वडाध्यक्षहरुले केवलकार निर्माण नभए जिल्लाको भविश्य तथा आर्थीक अवस्था सुदृण गर्न पनि केवलकार आवश्यक भएको बताए । ताप्लेजुङ उद्योग बाणिज्य सङ्घ, होटल व्यवसायी सङ्घ, गैर सरकारी संस्था महासङ्घलगायत सङ्घ संस्थाका प्रतिनिधिले पनि केबलकार निर्माण हुनुपर्नेमा जोड दिए । केबलकारको विषयमा बढ्दै गएको द्वन्द्वले जिल्लाको व्यवसाय, पर्यटन क्षेत्र लगायतमा प्रत्यक्ष असर परिरहेकाले आपसी सहमतिका साथ केबलकार निर्माण गर्नुपर्ने मनसाय रहेको जानकारी दिए ।
यता केबलकार परियोजनाको प्रस्ताव आएदेखि नै विरोध गरिरहेको नो केबलकार पक्ष आफ्नो अडानबाट पछि हटेको छैन । मुक्कुमलुङ संरक्षण संयुक्त सङ्घर्ष समिति, पाथीभरा केबलकार खारेजी संयुक्त सङ्घर्ष समिति लगायतले धार्मिक मुन्धुमी आस्थामाथि अतिक्रमण भएकोभन्दै परियोजनाको विरोध गरिरहेको छ । विरोधका क्रममा केबलकार पक्ष र विपक्षबिच ढुङ्गा हानाहान, नो केबलकार पक्ष र प्रहरीबिच झडप, बन्द, हड्तालजस्ता गतिविधि समेत भईसकेका छन् ।
गत माघ १२ गते केबलकारको पूर्वाधार निर्माणको काम सुरु भएपछि प्रहरी र नो केबलकार पक्षबिच झपड भएर गोली चल्दा विरोध समूहका केही घाइते भएका छन् । आन्दोत पक्षबाट प्रहार गरेको ढुङ्गामुढाले प्रहरीतर्फ पनि केही घाइते भएका थिए । यही घटनाका विषयलाई लिएर नो केबलकार पक्षले पूर्वमा यातायात बन्द आह्वान गरेका थिए । बन्दपछि सरकारले वार्ता समिति बनाई दुई पक्षबिच वार्ता भएर यातायात खुले पनि केबलकारका विषयमा सहमति नभएको बताईन्छ ।
गत माघ २७ गते भएको सरकार र नो केबलकार पक्षबिच भएको वार्ता बिना निस्कर्ष टुङ्गिएको छ भने सरकार पक्षले सोमबार पुनः वार्तामा बसी सहमति खोज्ने जनाएको र नो केबलकार पक्षले वार्ता मार्फत निस्कर्ष निस्किने सम्भावना न्युन रहेकोभन्दै थप आन्दोलनको कार्यक्रम घोषणा गर्ने बताएको छ । पाथीभरामा चन्द्रप्रसाद ढकाल नेतृत्वको पाथीभरा (मुक्कुमलुङ) दर्शन केबलकार प्रालिले केबलकार निर्माणकाम गरि रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!