केशवप्रसाद भट्टराई
ताप्लेजुङ, २० माघ । ताप्लेजुङको पाथीभरामा निर्माणाधीन केबलकारको बिषयलाई लिएर ‘नो केवलकार समुह’ र सरकार विच भएकोबार्ता अहिले सकिएको छ । दुवै पक्षबाट केही सहमति हुदै २७ गते पूनः बार्तामा बस्ने बताईएको छ ।  भने अनिश्चित कालिन यातायात बन्द स्थगन गरिएको छ ।
सरकारका तर्फबाट बार्ताटोलीका संयोजक गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईले अहिले बार्ताबाट ६ वटा सहमति भएको बताए । सह–सचिव भट्टराईले पाथीभरा केबलकारको स्टेसनमाथिको निर्माण कार्य स्थगन गर्ने र स्टेसनका सन्दर्भमा आगामी बार्तामा विस्तृत छलफल गरिने बताए ।  सरकारको तर्फबाट आन्दोलनका क्रममा घाईते भएकाहरुको निःशुल्क र प्रभावकारी रुपमा उपचार गर्ने सहमति भएको जानकारी दिए ।
त्यस्तै पाथीभरा क्षेत्रको बुलुडाँडामा गत माघ १२ गते भएको घटनाको विषयमा छानविन गरी कानूनी कारबाही गरीने समेत सहमाति भएको सहसचिब भट्टराईले बताए । त्यस्तै आन्दोलनका क्रममा थुनामा रहेका थुनुवा बन्दिहरुको सरकारले बिना शर्त तत्काल रिहाईको प्रक्रिया प्रारम्भ गर्ने सहमति भएको छ । उता, आन्दोन पक्षबाट अनिश्चित कालिन यातायता बन्द स्थगित गर्ने साथै मुक्कुम्लुङ संरक्षण पक्षबाट बार्ताका दौरानमा माग भएका केवलकार आयोजना निर्माणमा रहेका असहमति लगायतका विषयमा बृष्तित छलफल अर्कोबार्तामा गर्ने सहमति भएको छ । बार्ता माघ २७ गते ११ बजे बस्ने गरि सहमाति भएको मुक्कुम्लुङ संरक्षण पक्षबाट बार्तामा सहभागि सरस्वता सिङ्गक(सरु)ले जानकारी दिईन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय