पूर्वपोष्ट
ताप्लेजुङ, २२ माघ । प्रेस चौतारी नेपाल ताप्लेजुङको छैटौं जिल्ला अधिबेशनले बसन्त पालुङ्वा अध्यक्ष रहेको १३ सदस्यीय समिति सर्वसम्मत चयन गरेको छ ।
निर्वाचन समितिका संयोजक तथा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य खगेन्द्र अधिकारीका अनुसार समितिको उपाध्यक्षद्धयमा मदन गौतम र साहारा लङ्वा,सचिवमा तेञ्जिङ पाङ्कर्मा शेर्पा, सह–सचिवद्धयमा किरण विक र सुनिता रसाइली तथा कोषाध्यक्षमा संगिता कार्की रहेका छन् । समितिको सदस्यमा नारद गुरागाँई, हेमराज निरौला, सोनिया तामाङ, लक्ष्मण पौडेल, मिङ्माखाण्डु शेर्पा(शर्मिला) र रोमन बोखिम रहेका छन् । अधिबेशनले रवीन भट्टराई, सुवास आचार्य र गंगा लिङखिमलाई केन्द्रीय अधिबशेन प्रतिनिधि तथा मदन गौतम, किरण विक र सुनिता रसाइलीलाई प्रदेश अधिबेशन प्रतिनिधिको पठाएको छ ।
प्रेस चौतारीका केन्द्रीय सदस्य अधिकारीको संयोजकत्वमा प्रेस चौतारीका कोशी प्रदेश सदस्य केशवप्रसाद भट्टराई तथा प्रेस चौतारी नेपाल ताप्लेजुङका निवर्तमान उपाध्यक्ष अमृता थलङ सदस्य रहेको निर्वाचन समिति गठन भएको थियो । नवनिर्वाचित अध्यक्ष पालुङ्वाले पत्रकारिता क्षेत्रको संस्थागत विकास र उन्नयनमा प्रेस चौतारीको नवनिर्वाचित कार्य समिति प्रतिबद्ध र कटिबद्ध ढंगले लाग्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय