पूर्वपोष्ट
ताप्लेजुङ, २२ माघ । ताप्लेजुङ प्रेस चौतारी नेपालले २७ औं स्थापना दिवसको अवसरमा जिल्लाका तीन जना पत्रकार पुरस्कृत गरेको छ ।
जिल्ला अध्यक्ष बसन्त पालुङ्वाले ताप्लेजुङका प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य समेत रहनु भएका नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष राजेन्द्र श्रेष्ठ जयमति–कर्णबहादुर पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएको जानकारी दिए । उहाँ काठमाण्डौमा रहनु भएकोले बन्दका कारण आउन नसकेपछि पत्रकार श्रेष्ठको सम्मान उहाँकी आमाले ग्रहण गर्नु भएको थियो । त्यस्तै भीमादेवी–अग्निप्रसाद पत्रकारिता पुरस्कार प्रेस चौतारी नेपाल ताप्लेजुङका उपाध्यक्ष तथा पत्रकार महासंघ ताप्लेजुङका कोषाध्यक्ष मदन गौतमले पाएका छन् ।
अर्को प्रेस चौतारी पत्रकारीता पुरस्कार पत्रकार लोकेश लिबाङ (लिम्बु)लाई प्रदान गरिएको छ । उनिहरु तीनवटौ पुरस्कारको रासि १० हजार १ सय ५ रहेको अध्यक्ष पालुङ्वाले बताए । प्रेस चौतारी ताप्लेजुङले पत्रकार महासंघ ताप्लेजुङको अध्यक्षमा निर्वाचित सुवास आचार्यलाई समेत स्थापना दिवसकै अवसरमा सम्मान गरेको छ ।
जिल्लाको मैवाखोला गाउँपालिका वडा नं १ ढुङ्गेसाँघु पुख्र्याैली घर भइ हाल काठमाडौंमा रहेर बैदेशिक रोजगार व्यवसायमा आबद्ध बलबहादुर तामाङले आफ्नी आमा जयमति तथा बुबा कर्णबहादुरको सम्मानमा प्रेस चौतारी नेपाल ताप्लेजुङमा अक्षयकोष स्थापना गर्नु भएको हो । सोहि अक्षयकोष मार्फत जयमति–कर्णबहादुर पत्रकारिता पुरस्कार बितरण गरिएको छ । अक्षयकोषका संरक्षक तामाङ बैदेशिक रोजगार व्यवसायी संघका पूर्व केन्द्रीय अध्यक्ष समेत हुनुहुन्छ । सम्मान बितरण कार्यक्रममा उपस्थित हुन नसकेका बलबहादुरले टेलिफोनमार्फत प्रेस चौतारीको स्थापना दिवस तथा सम्मानित पत्रकारलाई शुभकामना दिनुभयो ।
भीमादेवी–अग्निप्रसाद पत्रकारिता पुरस्कार ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ( हाङदेवा पुख्र्यौली घर भइ हाल काठमाडौंमा रहेर पर्यटन व्यवसायमा जमेका ईश्वरी पौडेलले आमा भीमादेवी र बुबा अग्निप्रसादको सम्मानमा उक्त पुरस्कार स्थापना गर्नु भएको हो । पौडेलले यो पुरस्कारका लागि प्रेस चौतारी नेपाल ताप्लेजुङमा अक्षयकोष स्थापना गर्नु भएको छ । अर्को प्रेस चौतारी नेपाल ताप्लेजुङको आफ्नै स्रोतबाट व्यवस्थापन गरिएको हो ।
एमाले पोलिटब्यूरो सदस्य तथा प्रदेशसभा सांसद तिलकुमार मेन्याङ्वो, प्रेस चौतारीका केन्द्रीय सदस्य खगेन्द्र अधिकारी, पत्रकार महासंघका केन्द्रीय सदस्य माला पालुङ्वा, प्रेस चौतारीका कोशी प्रदेश समिति सदस्य केशवप्रसाद भट्टराई सहित, प्रेस चौतारीका जिल्ला अध्यक्ष पालुङ्वाले उक्त पुरस्कार तथा सम्मानपत्र हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय