इपूर्वपोष्ट
ताप्लेजुङ, २१ माघ । ताप्लेजुङको पाथीभरामा केवलकार निर्माणको विषयलाई लिएर आन्दोलन रथ पक्षले पनि बार्ता सहजीकारण समिति गठन गरेको छ ।
आन्दोलन पक्षधरबाट बनेको बार्ता सहजीकरण समितिको संयोजकमा प्राज्ञ अंमर तुम्याहाङ रहनुभएको छ । प्रेस विज्ञप्ति प्रकासाति गर्दै मुकुम्लुङमा भएको आन्दोलनको स्थायी समाधान तथा बर्ताका लागि सदस्यहरुमा शंकर लिम्बु, राम मादेन र सरस्वता सिंघक (सरु) सदस्य रहेको जनाएको छ । एता, नेपाल सरकारका तर्फबाट हिजो नै सहसचिब प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा बार्ता समिति निर्माण भएको थियो । भट्टराईको संयोजकत्वमा रहेको समितिको सदस्यहरुमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव महेन्द्रकुमार सापकोटा, संस्कृति पर्यटन तथा नागरिक उड्ययन मान्त्रालयका उपसचिव राकेश गुरुङ र शहरी विकास मन्त्रालय डि.ई. झपटसिं विश्वकर्मा रहेको रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय