केशवप्रसाद भट्टराई
ताप्लेजुङ, २० माघ । ताप्लेजुको पाथीभरामा निर्माणाधीन केबलकारको बिषयलाई लिएर ६ दिन देखि ताप्लेजुङमा यातायात बन्द छ । बन्दले जनजीवन प्रभावित बनेको छ । अब ताप्लेजुङमा मात्र नभएर माघ २० गते आइतबार देखि कोशी प्रदेशका ९ जिल्लामा फैलिएको छ ।
यातायत कोशी प्रदेशका मधेसका जिल्लाहरु झापा, सुनसरी तथा मोरङमा पनि विहानै देखि सडकमा बन्द कर्ताहरु निष्किएर यातायात बन्द गरेकाछन् ।
अरु पाँचथर, ईलाम, तेह्रथुम, धनकुटा, संखुवासभा लगायतका जिल्लामा पनि यातायात बन्दभएको छ । यसरी बन्दकर्ताले आईतबार देखि पूर्वको नौं जिल्ला बन्द गर्ने घोषणा गरेका थिए । सोही अनुरुप विभिन्न जिल्लाका हरेक ठाउँमा निश्किएर बन्दकर्ताले बन्दगरेको बताईन्छ ।
६ दिनको बन्दले ताप्लेजुङको जनजीवन कष्टकर बन्दै जान थालेको छ । दैनिक उपभोग्य सामाग्रीको अभाव हुन थालेको छ । खाना पकाउने ग्यास, चामल, तेल लगायतका खाध्य बस्तुको समेत अभाव हुन थालेको छ ।
‘नो केबलकार समूह’ ले गत माघ १२ गते भएको घटनालाई लिएर मेची राजमार्ग, तमोर करिडोर र तेह्रथुमबाट ताप्लेजुङ आउने सवै नाकाहरुबाट प्रवेश बन्द गरेका थिए भने आज देखि नौ जिल्लामा बन्दको प्रभाव परेको छ । आन्दोलन कर्ताहरुले प्रहरीले नियन्त्रणमा लिएका तीन कार्यकर्ता रिहाई तथा केबलकार निर्माण कार्य बन्द साथै काफ्लेपटीमा रहेको सुरक्षा ससस्त्र प्रहरी फिर्ता गर्नुपर्ने माग राख्दै बन्द गरि रहेका छन् । समस्या समाधान भएन भने माग २२ गते देखि आमहड्तालको घोषणा गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय