इपूर्वपोष्ट
ताप्लेजुङ, १९ माघ । ताप्लेजुङ नेकपा एमालेले प्रेस विज्ञप्ती जारी गर्दै बार्ता र सहमातिबाट पाथीभरा क्षेत्रमा भएको केवलकार विवाद समाधान गर्नु पर्ने बताएको छ । जिल्लामा भएको यातायात बन्दले नागरिकको जनजीवनमा समस्या आएको भन्दै सहमति, बार्ता र छलफलबाट वातारण सहज बनाउन बन्द कर्तालाई आग्रह गरेको छ ।
पाथीभरा क्षेत्रमा गत माघ १२ गते भएको घटना तथा केवलकार निर्माण कार्य बन्द गर्नु पर्ने माग राख्दै ‘नो केवलकार समुह’ले मेची राजमार्ग, तमोर करिडोर र तेह्रथुमबाट ताप्लेजुङ छिर्ने सबै नाकाहरुमा यातायात बन्द गरेकोले समस्या भएको भन्दै समजदारी, बर्ता र सहमतिमा समस्या समाधान गर्नु पर्ने नेकपा एमाले ताप्लेजुङले विज्ञाप्ति मार्फत आग्रह गरेको छ ।
शनिवार एमाले ताप्लेजुङका कार्यवाहक अध्यक्ष तथा उपाध्यक्ष दीपेन्द्र(दीपेन)पोमूद्धारा जारी विज्ञप्तिमा बन्दका कार्यक्रमले नागरिकको जनजीवनमा असहज परिस्थति सृजना हुँदै गएको उल्लेख गर्दै दुवै पक्ष जिम्मेवार हुन आग्रह गरेको छ । पाथीभराको विषयलाई नेपाल सरकार र आन्दोलनरत दुबै पक्षले जिम्मेवारी बहान गर्दै सहमति गरि नागरिकलाई सहज बनाउन आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय