
केशवप्रसाद भट्टराई
ताप्लेजुङ, १९ माघ । ताप्लेजुको पाथीभरारामा निर्माणाधीन केबलकारको बिषयलाई लिएर ५ दिन देखि यातायत बन्दले पूर्वी पहाडी जिल्लाको जनजीवन कष्टकर बन्दै जान थालेको छ । दैनिक उपभोग्य सामाग्रीको अभाव हुन थालेको छ । भने खाना पकाउने ग्यास, चामल, तेल लगायतका खाध्य बस्तुको समेत अभाव हुन थालेको छ ।
जिल्ला सदरमुकाम स्थीत तोक्मेडाडामा लग्ने हाटबजारमा आउने तरकारी गाउँबाट कृषकहरुले ल्याउन नसक्दा बजार बासीमा तरकारीको अभाव देखिएको छ । तरकारी नासहुने अवस्था आएकोकृषकहरु बताउछ । आज शनिबार केही–केही गाउँबासीले तरकारी नेपाल प्रहरीको स्कटिङमा बजार ल्याए पनि सवारी साधन नचल्दा समस्या आएको छ । कृषकहरु आफुले उत्पादन गरेको तरकारी बजार सम्म नपु¥याउने हो भने विग्रीने अवस्थामा आउने बताएका छन् ।
फुङलिङ नगरपालिका २, ३, ५, ७, ८ वडाबाट टेम्पो मार्फत कृषकहरुले बजार सम्म तरकारी पु¥याउने गरेका थिए । तर, टेम्पो पनि बन्द भएका कारण प्रहरीले स्कटिङ मार्फत बाजार पु¥याएको थियो । पाथीभरा मान्दिरमा भाकल बुझाउन हिडेका ३२ जनालाई पाथीभरा सम्म पु¥याएको जिल्ला प्रहरी प्रमुख रवि रावलले बताए । बालबालिका तथा बृद्ध समेत आएका तीर्थयात्रीहरुले बन्द भएको थाहानपाएर आएको बताए ।
‘नो केबलकार समूह’ ले गत माघ १२ गते भएको घटनालाई लिएर मेची राजमार्ग, तमोर करिडोर र तेह्रथुमबाट ताप्लेजुङ आउने सवै नाकाहरुबाट प्रवेश बन्द गरेका छन् । समस्या समाधान भएन भने २० गते नौ जिल्ला ताप्लेजुङ लगायत तेह्रथुम, पाँचथर, ईलाम, झापा, मोरङ, सुनसरी धनकुटा र संखुवासभा समेत बन्द गरिने विज्ञप्ती प्रकाशित गरेका छन् भने २२ गते देखि आम हड्ताल गर्ने समेत घोषण गरेका छन् । आन्दोलन कर्ताहरुले प्रहरीले नियन्त्रणमा लिएका तीन कार्यकर्ता रिहाई तथा केबलकार निर्माण कार्य बन्द साथै काफ्लेपटीमा रहेको सुरक्षा ससस्त्र प्रहरी फिर्ता गर्नुपर्ने माग राखेका छन् ।
जिल्लामा बन्दै गरेका सानाठुला योजनाहरु प्रभावित
जिल्लामा अहिले सबै भन्दा धेरै विद्युत उत्पादन गर्ने ठुल्ठुला आयोजनाहरु निर्माणका क्रममा छन् ।
यी निर्माणका क्रममा रहेका जिल्लाका विद्युत् उत्पादन आयोजनालाई बन्दको प्रत्यक्ष प्रभाव परेको छ । निर्माण भईरहेका आयोजनामा कतै सिमन्ट सकिएको छ त कतै रड सकिएर निर्माण कार्य बन्द हुन थालेको छ । काबेली खोलामा बन्दै गरेका सुपर काबेली ए जलविद्युत आयोजनाका जनसम्र्पक अधिकृत मेघनाथ ढुङ्गगानाले कामगर्ने अव सिमेन्ट सकिएकाले काम नै ठप्प रहेको बताए ।