
इपूर्वपोष्ट
ताप्लेजुङ, १७ माघ । ताप्लेजुङ नेपाली काँग्रेसले पहिलो पटक पाथीभरामा केवलकार निर्माण हुनुपर्ने धारणा सार्वजनिक गरेको छ । बिहिबार पत्रकार सम्मेलन मार्फत पाथीभरा क्षेत्रमा न्यूनतम, सहकार्य तथा सौन्दर्य, प्रकृति र शक्तिलाई बाधा नपर्ने गरि शान्तिपूर्ण ढंगले केवलकार निर्माण गर्नु पर्नेमा जोड दिएको छ ।
नेपाली काँग्रेस ताप्लेजुङले पाथीभरा क्षेत्रमा मात्र नभएर ताप्लेजुङमा सञ्चालित जलबिद्युत परियोजनाका बिषयमा समेत धारणा सार्वजनिक गरेको छ । आन्दोलन किन भईरहेछ ? पत्ता लगाएर त्यसभित्रबाट न्यूनतम् सहमति जुटाउँदै दिगो समाधान हुनेगरी केवलकार निर्माण हुनपर्नेमा जिल्ला सभापति गजेन्द्रप्रसाद तुम्याहाङले जनाकारी दिए ।
ताप्लेजुङ काँग्रेसले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिए अनुसार ‘पहिचान पनि नमेटिने र द्धन्दपनि निवाकरणहुने गरि सवैको अस्तित्व समाप्त नहुने गरि सहमतिमा केवलकार निर्माण गरिनु पर्ने छ ।’ विज्ञप्तीमा विकास मानिसका लागि भएकाले मानिसलाई हत्या हिंसा गरेर निर्माण भएको पूर्वाधारले विकास नभई विनास निम्तिन सक्ने समेत विज्ञप्तीमा उल्लेख छ ।
केवलकार निर्माण पक्ष र आन्दोलनरत पक्ष दुवै तर्फबाट भएको द्धन्द्धले सामाजिक सद्भाव खलल पुग्ने भएकाले सहमति सहकार्य र बार्ताबाट मात्र सवै किसिमका विकास निर्माणका कामहरु सम्भवहुने समेत काग्रेस सभाति तुम्याहाङले पत्रकार सम्मेलनमा जानकारी दिए ।
काँग्रेसले धार्मिक र सांस्कृतिक स्थल रक्षाको आन्दोलनमा रहेका आन्दोलनकारीलाई बार्ताको टेवलमा आएर सम्बाद र सहमतिका माध्यमबाट अघि बढ्न आग्रह गरेको छ । अनिश्चितकालिन बन्द हड्तालले जनजीवन अस्तव्यस्त भएको उजागर गर्दै काँग्रेसले उचित समयमा उचित निर्णय गरी बन्द हड्ताल फिर्ता लिन आन्दोलनरत पक्षलाई आग्रह समेत गरेको छ । आन्दोलनरत पक्ष र केवलकार निर्माणपक्ष दुबैले हठ त्यागेर अधिकतम् लचकता र संयमताका साथ शान्तिपूर्ण वातावरण सृजना गरी बार्तामा बसेर सहमतिमा विवाद टुग्याउनु पर्ने समेत बताईएको छ ।
सभापति तुम्याहाङ र सचिवद्धय युकहाङवीर(डम्बर) हाङगाम तथा सञ्जयबाबु(गणेश)निरौला तीनजनाद्धारा हस्ताक्षरित विज्ञप्ती सार्वजनिक गर्दै निजी क्षेत्रको लगानी प्रोत्साहन तथा जिम्मेवारी सम्वन्धी धारणा समेत प्रस्तुत गरिएको छ । उक्त सम्वन्धी १० बुँदे अवधारणामा जलबिद्युत आयोजनाले आयोजना सम्पन्न गर्नुपूर्व कति स्थानीय नागरिकलाई रोजगारीको अवसर दिईएको हो ? सामाजिक उत्तर दायित्वको रकम हालसम्म खर्च भएको योजना र लगानी गरिएको स्थान पारदर्शी बनाउन, मुख्य शेयरवाला वा लगानीकर्ता ताप्लेजुङका नागरिक को को छन् ? सार्वजनिक गर्न र आयोजना सम्पन्न पश्चात स्थानीय कति संख्याले दिगो रोजगारी पाएका छन् ?
विज्ञप्तीमा ताप्लेजुङ जिल्लाका नागरिक, कर्मचारीहरु, प्रवद्र्धक शेयर र सर्वसाधारणको शेयर प्राप्तकर्ता संख्या सार्वजनिक गर्न साथै बिद्युतको केन्द्रीय बिद्युत प्रसारण लाइन अवरुद्ध भएको समयमा पनि ताप्लेजुङ जिल्लामा उत्पादित बिद्युत जिल्लावासीलाई उपलब्ध हुने वातावरण बनाउन समेत नेपाली कांग्रेस ताप्लेजुङले माग गरेको छ ।