पूर्वपोष्ट
ताप्लेजुङ,ताप्लेजुङको प्रदेश ख बाट निर्बाचित कोशी प्रदेशका उद्योग कृषि तथा सहकारीमन्त्री खगेनसिं हाङ्गामले ‘नो केबलकार समूह’ सँग तत्काल वार्ताको माध्यमबाट समस्या समाधन गर्नु पर्ने बताए । मन्त्रि हाङ्गामले प्रदेश सरकारद्वारा गठित वार्ता समितिलाई अपिल तत्काल बार्ता गरि समस्या समाधान गर्न अपिल गरेका छन् । प्रदेशसभामा बोल्दै उनले गत माघ १२ गते पाथीभरा क्षेत्रको बलुडाँडामा भएको झडपको विषयवस्तु फरक भएको भन्दै तत्काल वार्तामा बोलाउन अपिल गरेका छन् ।
मन्त्रि हाङ्गामले ‘आफुले त्यही क्षेत्रमा राजनीति गरेर, समाज सेवा गर्दै योठाउँमा आएको र बलुडाँडा काफ्ले पाटीदेखि ३० मिनेटमा हिँडेर पुगिन्छ, त्यो क्षेत्र युद्धग्रस्त क्षेत्र बन्नु भनेको केही न केही न्यायोचित ढङ्गबाट नभएको बताए ।’ उनेले सरकारमा भएको उल्लेख गर्दै वार्ताका लागि पहिल्यै समिति बनेकाले समिति मार्फत वार्तामा बोलाउन समेत आग्रह गरेका छन् ।
कोशी प्रदेश सरकारको मन्त्रिपरिषद्ले कुनै आन्दोलन छलफल वा वार्ता गर्नुपर्ने प्रयोजनका लागि आर्थिक मामिलामन्त्री राम रानाको संयोजकत्वमा भौतिक पूर्वाधार विकासमन्त्री भुपेन्द्र राई र आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारी सदस्य रहने गरी तीन सदस्यीय वार्ता समिति बनाएको छ । यसको सदस्य सचिवमा आन्तरिक मामिला मन्त्रालयका सचिव कमल थापा रहेको भन्दै तत्काल बार्ताको पहिल गरिनु पर्ने मान्त्रि हाङ्गामले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय