केशवप्रसाद भट्टराई
ताप्लेजुङ, १५ माघ । हिमाली जिल्ला ताप्लेजुङमा नो केबलकार लगागत ६ संगठनले मंगलबार देखि यातायात अनिश्चितकालका लागि बन्द गरेकाले याताया बन्द र¥यो ।
पाथीभरा क्षेत्र (मुकुम्लुङ)मा केबलकार निर्माणको विरोध गर्दै आएको पहिचान पक्षधर तथा नो केबलकार पक्षधरले आजदेखि अनिश्चितकालीन यातायात बन्द घोषणा कुनै यातायातका साधनहरु नचलेका हुन् ।
मेची राजमार्ग, तमोर करिडोर, साथै तेह्रथुम हुदैं मंगलबार विहान झापा, मोरङ, सुनसरीको धरान जाने सबै यातायातका सधनहरु चलेनन् । ताप्लेजुङ प्रवेश गर्ने सवै नाकाहरू ठप्प रहे ।  जिल्लाको नौं स्थानीय तहमा जाने सवारीका साधनहरु ताप्लेजुङ बसपार्कमै थन्किएका थन्किए ।मुकुम्लुङ संरक्षण संयुक्त समितिका संयोजक श्री लिखिमले केबलकार निर्माण खारेज गर्न, सैन्यकरण फिर्ता गर्नुपर्ने नियन्त्रणमा लिइएको योद्धाहरूको बिनासर्त रिहाई, झुटा मुद्दाहरू लगाउन बन्द गर्नुपर्ने माग गरेर बन्दको आह्वान गरिएको बताए ।
ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी तथा शसस्त्र प्रहरी प्रमुखले मुकुम्लु प्रेमीहरूलाई गोली हान्न आदेश दिएको भन्दै उनिहरुले सार्वजनिक रुपमा माफी माग्नुपर्ने समेत माग राखेका छन् । शान्तिपूर्ण प्रर्दशनका लागि भेला भएको समुहमा गोली चलाइएकाले निश्चितकालीन बन्द आह्वान गर्न बाध्य भएको सङ्घर्षरत पक्षले जनाएको छ ।   यस्तै ताप्लेजुङ, पाँचथर, तेह्रथुम, धनकुटा, इलाम, झापा, मोरङ, सुनसरी, लगायतका ग्लोबल आईएमई बैँक बन्द गर्नुपर्ने माग समेत गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय