
इपूर्वपोष्ट
ताप्लेजुङ, १५ माघ । ताप्लेजुङ जिल्ला सहित बाहिरी जिल्लामा जाने यातायात बन्द गर्ने नो केबलकार समुहका एक जनालाई प्रहरीले पक्रउ गरेको छ ।
मेची राजमार्ग र तमोर करिडोर यातायात बन्दको पाथीभरामा भएको झडपको विषयलाई लिएरे ‘नो केबलकार समूहका अगुवा पनि रहका प्रदीप मादेनलाई प्रहरीले दिउसो पक्राउ गरेको बताएको छ । प्रहरीले सदरमुकाम फुङलिङको कोप्चेबाट पक्राउ गरेको आन्दोलन समूहका अगुवा कीर्तिमान मादेनले जानकारी दिए । पक्रउ परेका प्रदिप मादेनले १२ गते प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मालाई टेलिफोनबाट ज्यान मार्ने धम्की दिएको र त्यस दिनको आन्दोलनको नेतृत्व गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको बताएको छ ।
प्रहरी नायव उपरीक्षक रवि रावलले मादेनलाई नियन्त्रणमा लिएका बताउदै उनले प्रमुख जिल्ला अधिकारीलाई फोनबाट धम्क्याउनु भएको थियो र १२ गतेको हुलहुज्जतको नेतृत्व पनि उहाँले गर्नु भएको पक्रउगरिएको बताए ।
पाथीभरा केबलकार खारेजी, पक्राउ परेका कार्यकर्ता रिहा लगायतको माग राख्तै मुक्कुमलुङ संघर्ष समिति, केबलकार खारेजी संघर्ष समिति, किरात याक्थुम चुम्लुङ लगायतका संस्थाले मंगलबार देखि मेची राजमार्ग र तमोर करिडोरलगायत ताप्लेजुङ जिल्ला अनिश्चित कालिन यातायात बन्दक गरेको छ ।