इपूर्वपोष्ट
ताप्लेजुङ, १४ माघ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका वडा नम्बर २ खेजेनिममा देवरले भाउजुलाई आग्लोले प्रहार गर्दा शक्त घाईते भएकी छन् ।
५६ बर्षकी भाउजु सुकमाया लिम्बुलाई उनका देवर ५७ बर्षका विष्णु कुमार लिम्बुले आग्लोले टाउकोमा हानेर सक्तघाईते बनाएका हुन् । घरायसी विवादका कारण लिम्बुले आग्लोले प्रहार गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक तथा सूचना अधिकारी रोहितकुमार शर्मा बढईले जानकारी दिए ।
भाउजु कुट्ने लिम्बुलाई प्रहरीले खोज तलास गर्दा गाउँमा लुकिछिपी बसेको अवस्थामा फेला परेको प्रनि शर्मा बढईले बताए । उनले लिम्बुलाई हिराशतमा राखि घटना सम्बन्धि अनुसन्धन भईरहेको जिप्रका ताप्लेजुङले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय