इपूर्वपोष्ट
ताप्लेजुङ, १४ माघ । ताप्लेजुङ सुरक्षा समितिले जिल्लाको सुरक्षा तथा सु–व्यवस्था कायम गर्दै नागरिकको जीउ, धन र अधिकार रक्षाको लागि सधै प्रतिवद्ध हुने बताएको छ ।
प्रेस–विज्ञप्ती प्रकाशित गर्दै सुरक्षा समितिले सवै क्षेत्रबाट सहकार्य गरि एकता, सद्भावलाई कायम गर्न सरोकारवाला सबैमा अनुरोध गरेको छ । सुरक्षा समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माको हस्ताक्षतिर विज्ञप्तिमा सदियौं देखि कायम रहेको भातृत्वको भावना जीवन्त राख्ने कार्यमा सहयोग गर्न सबैमा अनुरोध गरेको छ ।
जिल्लामा क्रियाशिल सबै राजनीतिक दल, जनप्रतिनिधि, संघसंस्था, नागरिक समाज र सरोकारवालालाई अनुरोध गर्दै पाथीभरा क्षेत्रमा माघ १२ गते भएको झडपका सन्दर्भमा स्थानीय प्रशासनका तर्फबाट घटनाका बारेमा आफ्नो धारणा प्रेस विज्ञप्ति मार्फत सार्वजनिक गरेको छ ।
विज्ञप्तिमा आगडी भनिएको छ, ‘शान्ति सुव्यवस्था कायम गर्ने दिशामा सदाझैं आम जिल्लावासीको सहयोगको अपेक्षा रहेको, नागरिकको जीउधन र नागरिकको स्वतन्त्रताको संरक्षण गर्ने कार्यमा स्थानीय प्रशासन सधै लागि परि रहने छ ।’
प्रेस विज्ञप्ति मार्फत प्रशासनले पाथीभरा क्षेत्रमा भएको झडपका क्रममा घाइते प्रहरी कर्मचारी र प्रर्दशनकारीका तर्फबाट घाइते सबैको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ । उक्त घटनामा प्रहरीतर्फ २१ जना घाइते भएकोमा १४ जना प्राथमिक उपचार पश्चात घरमा आराम गरिरहेको र प्रहरी निरीक्षक सहित ७ जना प्रहरी कर्मचारीको ताप्लेजुङ जिल्ला अस्पतालमा उपचार भइरहेको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा केवलकार निर्माणको बिरोधमा रहेका घाइते ४ जनाको प्राथमिक उपचार पछि, थप उपचार गर्नुपर्ने तीनजनाको नोवेल अस्पताल बिराटनगर हुँदै त्रिवी शिक्षण अस्पताल महाराजगञ्जमा थप उपचार भइरहेको समेत उल्लेख गरिएको छ ।
विज्ञप्तिमा नेपाल प्रहरी र सशस्त्र प्रहरी वल नेपालको संयुक्त गस्तिका कमाण्डर प्रहरी निरीक्षक सहितको टोलीमाथि केवलकार निर्माणको बिरोध गरिरहेको समूहबाट आक्रमण सुरु भएपछि आत्मरक्षाको अन्तिम विकल्पको रुपमा फायर खोलिएको उल्लेख गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय