
इपूर्वपोष्ट
ताप्लेजुङ १३ माघ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा साँवा मावि प्रथम हुदै उपाधि हासिल गरेको छ ।
मिक्वाखोला गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्कीका स्वकीय सचिव घनेन्द्र थापाले साँवा मावि रनिङ शिल्डका ३६ स्वर्णका साथ कूल ८१ पदकका हासिल गर्दै प्रथम भएको बताए । थापाले मोति मावि खोक्लिङ २६ स्वर्ण सहित ६० पदकका साथ दोस्रो भएको जानकारी दिए । त्यस्तै पञ्चेश्वरी मावि लिवाङ २ स्वर्ण सहित १३ पदकका साथ हुँदा तेस्रो भएको छ । उता, २ स्वर्ण सहित १० पदकका साथ बाल्देन मावि पापुङ चौथो भएको थापाले बताए ।
अध्यक्ष भक्तबहादुर कार्कीको प्रमुख आतिथ्यतामा भएको समापन समारोहमा पालिका उपाध्यक्ष डण्डु लामा शेर्पा, मिक्वाखोला गाउँपालिका वडा नं ४ साँवाका वडाध्यक्ष सदनकुमार साँवा, पालिकाको शिक्षा तथा योजना शाखाका प्रमुख बिमलकुमार यक्सो सहितको उपस्थिति रहेको थियो ।
मैवाखोला गाउँपालिका वडा नं ३ स्थित नारायणी मावि साँघुमा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगता गरिने जिल्ला खेलकुद विकास समिति बताएको छ । माघ २७ गते देखि हुने सो प्रतियोगितामा ६ बिधामा ६६ स्वर्ण, ६६ रजत र ७० कास्य पदकका लागि प्रतियोगिता हुने बताईएको छ ।