इपूर्वपोष्ट
ताप्लेजुङ, १३ माघ । ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विषयलाई लिएर केवलकार बनाउनु हुदैन भन्ने र सुरक्षा कर्मीवीच भएको झडपमा १८ जना घाईते भएका छन् ।
सुरक्षाकर्मी तर्फ १३ र केबलकार निर्माणको विरोध गरिरहेको समूहका ५ जना घाइते भएको जिल्ला प्रशासन कार्याले जनाएको छ ।
पाथीभरा क्षेत्रको बलुडाँडामा शनिबार दुई पटक झडप भएको थियो । पहिलोपटक अपराह्न ४ बजेतिर भएको झडपका क्रममा प्रहरीले १२ राउण्ड अश्रुग्यास प्रहार गरी स्थिति नियन्त्रणमा लिने प्रयास गरेको थियो । सो क्रममा ४ जना सुरक्षाकर्माी र नो केबलकार पक्षधर १ जना घाइते भएका थिए । साँझ करिव ६ बजेतिर फेरि भएको झडपका क्रममा स्थिति तनावग्रस्त बनेको जनाईएको छ ।
प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले स्थिति नियन्त्रणमा लिन पटक–पटक गरेको प्रयास असफल भएपछि फायर खोल्नु परेको जानकारी दिए । मुक्कुमलुङ खारेजी संघर्ष समितिका संयोजक श्री लिङखिमले सुरक्षाकर्मीले घर–घरमा खाना खाइरहेका मुक्कुमलुङ खारेजी संघर्ष समितिका कार्यकर्तालाईलाई कुटपिटका साथै अन्धाधुन्ध गोली प्रहार गरि घाईते बनाएको बताएका छन् । झडपमा प्रहरीले गोली चलाउँदा आन्दोलरत पक्षका यामबहादुर लिम्बू (म्याङलुङ (तेह्रथुम), धर्मन पालुङ्वा (फुङलिङ–८, ताप्लेजुङ), सगुन लावती र मंगल लावती (मिक्लाजुङ–५, पाँचथर) लगायत ५ जना घाइते भएको लिङखिमले बताए । घाईते मध्ये ‘नो केबलकार’ पक्षधरका ३ जनालाई थप उपचारका लागि ताप्लेजुङ जिल्ला अस्पतालबाट बाहिर रेफर गरि काठमाण्डौं लगिएको छ । बाँकी सबैको जिल्लास्थित अस्पतालमा उपचार भइरहेको जनाएको छ ।
पहिलो पटक पनि गोली चलेको दावी गर्र्दै दोस्रो पटक धेरै राउण्ड फायर गरेको मुकुम्लुङ सर्घष समितिले जनाएको छ । उनले शान्तिपूर्ण आन्दोलनमा राज्यले गोली चलाएर आफ्नो निरीहता प्रकट गरेको श्री लिङखिमले बताएका छन् । प्रमुख जिल्ला अधिकारी शर्माका अनुसार पाथीभरा क्षेत्रको ब्लुडाँडा आसपासमा घरेलु हतियार सहितको समूह बसेको थाहा पाएपछि सुरक्षाकर्मीको टोलीले घरेलु हतियार नियन्त्रणमा लिने प्रयास गर्दा सुरक्षाकर्मी र केबलकार निर्माणको विरोध गरिरहेको समूहबीच घम्साघम्सी भएको थियो । सुरक्षाकर्मीले आन्दोलनरत पक्षबाट खुकुरी र ग्याटिस लगायत विभिन्न घरेलु हतियाहरु बरामत गरेको प्रजिअ शर्माले बताए ।
स्थानीय लिम्बु समुदायले पाथीभरा मुन्दुमी स्थल हो । यस पवित्र स्थानमा केवलकार निर्माण गरिनु हुदै भन्दै आन्दोलन गरि रहेका छन् । नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय अध्यक्ष चन्द्र ढकाल अध्यक्ष रहेको पाथीभरा (मुक्कुमलुङ) दर्शन केबलकार प्रालिले पाथीभरा क्षेत्रमा केबलकार निर्माण गर्न शुरु गरेको छ । केबलकारको स्थानीय पूर्वाधार निर्माणका लागि जिम्मेवारी पाएको हिमालयन् कन्ट्रक्सन प्रालिले केबलकारको बेस स्टेशन निर्माणका लागि जमिन सम्याउने कार्य थालनी गरेपछि केबलकार खारेजीको आन्दोलनरत पक्षमा रहेकाहरू पाथीभरा क्षेत्रमा आन्दोलनमा उत्रिएकाछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय