
केशवप्रसाद भट्टराई
ताप्लेजुङ, १२ माघ । ताप्लेजुङको फुङलिङ नगरपालिका भित्रका महिला तथा पुरुष एक सय दुई जना शिक्षकहरुलाई विभिन्न विषयको तालिम दिईएको छ । निमा पुस्तक प्रकाशनका लेखक तथा प्राध्यापकहरु मार्फत तीन विषय अग्रेजी, विज्ञान र सामाजिकको तालिम दिईएको हो ।
ताप्लेजुङ प्याब्सनको आयोजना र निमा पुस्तक प्रकाशनको ब्यावस्थापनमा शनिबार एक दिन तालिमको अयोजना गरिएको प्याब्सनका सचिब तरुण भारतीले बताए । त्रिभुवन विश्वविद्यालय अन्तर्गत महेन्द्ररत्न क्याम्पस ताहाचलका प्राध्यापक डा.हिरालाल सुवेदीले अग्रेजी बिषयको प्रशिक्षण प्रदान गरेका थिए भने सामाजिक विषयको मोहनप्रसाद घिमिरे र मानबहादुर सुनुवारले प्रशिक्षण गरेका थिए ।
उता, विज्ञान विषयका विज्ञ जयानन्द कपाडीले प्रशिक्षण दिएका थिए । नगरपालिका भित्रका सरकारी तथा निजि गरि २२ वटा विद्यालयका पुरुष तथा महिला शिक्षकहरु तालिममा सहभागि थिए । फुङलिङ बजारको मुख्य विरेन्द्रचौक स्थीत होटेल जान्नु इन र पाथीभरा होटलमा तालिम सञ्चालन गरिएको सचिव भारतीले बताए ।
जिल्ला शिक्षा विकास तथा समन्वय एकाईका प्रमुख योगेश्वर भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न तालिममा प्याप्सन पूर्व केन्द्रीय सदस्य काजीमान पालुङ्वा, प्याप्सन पूर्व केन्द्रीय सदस्य युवराज गिरी, फुङ्लिङ नगर शिक्षा समिति सदस्य इन्द्रकुमार गुरुङ लगायतको उपस्थीति रहेको थियो ।