ईपूर्वपोष्ट

ताप्लेजुङ, १२ माघ । पाथीभरा केबलकार बनाउने विवादले फेरी उग्र रूप लिएको छ ।  पाथिभरामा केबलकार निर्माण शुरु भएको तीन दिनपछि प्रहरी र केवलकार खारेजी समूहविच झडप हुँदा जनपथ र सशस्त्र प्रहरीका तीनजना घाइते भएका छन्। फुङलिङ नगरपाकिला ११ को पाथीभरा क्षेत्रको बलुडाँडामा भएको झडपमा स.सस्त्रप्रहरीले ५ सेल अश्रुग्यास र ससस्त्र प्रहीबाट ५ सेल अश्रुग्यास प्रहार गरिएको तथा २ ग्रिनेट ग्यास प्रहार गरिएको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सर्माले बताए ।

प्रमूख जिल्ला अधिकारी  शर्माले आफूलाई ‘नो केबलकार’ पक्षले ज्यान मार्ने धम्की दिएको बताएका छन् । शनिबार पाथीभरास्थित बलुडाँडामा नो केबलकार पक्ष र सुरक्षाकर्मीबिच दोहोरो झडप भएपछि आफूलाई ज्यान मार्ने धम्की दिएको शर्माले बताए । प्रजिअ शर्माले भने,‘नानी मादेनले फोन गरेको थियो । तथानाम गाली गरे । ज्यान मार्ने धम्की पनि दिए।’ धम्की दिने र गैरकानुनी क्रियाकलाप गर्नेलाई कानुन बमोजिम कारवाही गर्ने प्रशासनले चेतावनी दिएको छ ।

घाइते हुनेमा जनपथ प्रहरी जवान अनुज विक, प्रहरी सहायक निरिक्षक रामदेव यादव र स–सस्त्र प्रहरी जवान संजिव बस्नेत रहेका प्रहरी प्रमुख पहरी नायव उपरिक्षक रवि रावलले बताए। उता, आन्दोनकारिले भने प्रहरीले गोली हानेको दावी गरेको छ। उनिहरुले विशाल श्रेङको कपडा र थोरै छाला छेडेर गएको र घाइते भएको बताएका छन्। आन्दोलनकारीले शान्तिपुर्ण तरिकाले आन्दोलन गर्ने बताए पनि एक्कासी प्रहरी प्रशासनले आक्रमण गरेको उनीहरुको आरोप छ।

पाथीभरा क्षेत्रको बुलुडाँडा क्षेत्रमा केवलकार खारेजी समूहले विभिन्न घरेलु हतियार लुकाईछिपाई राखेको भन्ने सूचनाका आधारमा प्रहरीको टोली त्यसतर्फ गएपछि पहिचानबादीहरुले प्रहरीहरुमाथी नै एक्कासी ढुङ्गामुढु गरेपछि दोहोरो झडप भएको बताइएको छ। केबलकारको विरोध गर्दै आएको पहिचानवादी समूहले प्रहरीमाथि आक्रमण गर्नुका साथै प्रमुख जिल्ला अधिकारीमाथि ज्यान मार्ने धम्की समेत दिएको छ। प्रमुख जिल्ला अधिकारी (सिडिओ) नेत्रप्रसाद शर्माले आफूलाई ज्यान मार्ने धम्की आएको बताए। पहिचान पक्षधर बताउने प्रतीक मादेनलगायतको समूहले आफूलाई टेलिफोनमार्फत ज्यान मार्ने धम्की दिएको उनले बताए। प्रशासन माथि नै धावा बोल्ने जोसुकै भएपनि कानुनी कारवाही गरिने प्रजिअ शर्माले बताए।

यसअघि कात्तिकमा पनि केबलकार निर्माणको विषयलाई लिएर झडप भएको थियो।  गत मंगलबारदेखि केवलकार निर्माण गरेको र १५ महिनाभित्र बनाई सक्ने गरि काम अगाडी बढाएको काम गरिरहेको हिमालयन कन्ट्रक्सनले जनाएको थियो । अहिले भने स्थिति सामान्य भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय