केशवप्रसाद भट्टराई
ताप्लेजु, ११ माघ । हिमाली जिल्ला ताप्लेजुङमा सुन्तला उत्पादन ह्रात्तै बढेको छ । जिल्ला कृषि ज्ञान केन्द्र ताप्लेजुङका निमित्त प्रमुख शशिकुमार सिंहले गत बर्षहरु भन्दा यो वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको बताए ।
सुन्तला उत्पादनमा वृद्धि भएको बताउदै निमित्त प्रमुख सिंहले यस वर्ष खेती विस्तारसँगै सुन्तला उत्पादन बढेको जानकारी दिए । जिल्लाको ५५६ हेक्टर क्षेत्रफल बराबरको जग्गामा गरिएको खेतीबाट ३ हजार ५४३.७ मेट्रिक टन सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्रको तथ्याङ्कमा रहेको छ । जिल्लामा करिव ३५ करोड ५४ लाख मुल्य बराबरको सुन्तोला उत्पादन भएको छ ।
सुन्तला खेतीका लागि यस वर्ष मौसम अनुकूल भई दिएकाले उत्पादन बढेको बताईन्छ । केन्द्रका अनुसार गत वर्ष तीन हजार ५६ मेट्रिक टन मात्र सुन्तला उत्पादन भएको थियो । जिल्लामा सुन्तला खेती गरिएको जमिनमध्ये ४३४ हेक्टर क्षेत्रफललाई भने उत्पादनशील क्षेत्र समेत घोषणा गरेको छ ।
सुन्तलाबाट केही कृषकहरुले ३ लाख सम्म आम्दानी गरेको बताएका छन् । फुङलिङ नगरपालिका १ तीनधारेका कृषक किशोर पोख्रेलले यस बर्ष करिव ३ लाख रुपैंया सम्मको सुन्तला बेचेको बताए । पोख्रेरले तीनधारे टोलबाट मात्र करिव ६० लाख बराबरको सुन्तोला बेचेको जानकारी दिए । पोख्रेलले २५ परिवारबाट करिव ६० लाखा बराबरको सुन्तोला बेचेको बताए ।
यता जिल्लामा सुन्तलाको मूल्य भने प्रतिकिलोग्राम १०० देखि १५० रुपियाँसम्ममा विक्रि गरिएको कृषकहरु बताउछन् । फुङलिङ नगरपालिका ६ का कृषक प्रेम आचार्यले करिब २ लाख बढिको सुन्तला विक्रि गरेको बताए । उनले बजारको कुनै समस्या नरहेको बताउदै मधेश क्षेत्रका जिल्लाहरु झापा, सुनसरी तथा मोरङका व्यापारीहरु गाडीलिएर आउने र रुखबाट नै प्रति किलो ८० देखि ९० रुपैंया सम्ममा लैजाने गरेका कारण बजारको समस्या नभएको बताए ।
सुन्तलाबाट मनग्य आम्दानी हुन थालेपछि कृषकहरु आफ्नो खेति योग्य जमिनमा समेत प्रयाप्त मात्रामा सुन्तोला खेति गर्न थालेको बताउछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय