
इपूर्वपोष्ट
ताप्लेजुङ, २१ पुष । ताप्लेजुङका ६ जना प्रदेश तथा संघीय साम्सदहरुलाई एकै ठाउँमा भेला पारेर उद्योग बाणिज्य संघ ताप्लेजुङले ध्यानाकर्षण पत्र बुझाएको छ ।
ध्यानकर्षण पत्र बुझाउदै बाणिज्य संघ ताप्लेजुङका अध्यक्ष नारायण थापाले उद्योगी व्यापारी तथा व्यावसायीले अहिले असुरक्षित महसुस गरेको बताएका छन् । केवलकारको विषयलाई लिएर कुनवेला, कुनठाउँमा झडपहुने हो, कताबाट ढुङ्गा आउने हो थाहानभएको हुदाँ तपाईहरु जनप्रतिनिधिहरुले जसरी भएपनि सहज वातावरण बनाईदिन अनुरोध गरेका छन् ।
दश बुदाँहरु समेटिएको ध्यानकार्षण पत्र जिल्लाका संघिय साम्सद तथा पूर्वमन्त्रि योगशकुमार भट्टराई, लिलादेवी बोखिम, उर्मिला थेवे तथा प्रदेश साम्सद तथा उद्योग, कृषि तथा सहकारी मन्त्रि खगेनसिं हाङ्गाम, साम्दसहरु तिलकुमार मेन्याङ्वो, निर्मला तावालाई ध्यानाकर्षण पत्र उद्योग बाणिज्य संघले बुझाएको छ ।
उता, ध्यानाकर्षण पत्रमा गत असोज १२ गते आएकोबाढी तथा पहिरोले क्षतविक्षद भएको पाँचथरको हेवाखोलामा पुल बनाउन अहिले सम्म कुनै चासो नदेखाएको हुदाँ सो पुल नवने जिल्लाबासी भोक भोकै मर्नु पर्ने अवस्था आउने, आगामी बैशाख देखिनै खाद्यान्न लगायतका सामाग्री ओसार पसारमा अवरोध हुने भएकाले तत्काल सो पुल निर्माणको लागि कदम चाल्न अनुरोध गरिएको छ ।
बाणिज्य संघले एकमात्र राजमार्ग मेची मात्र भएकाले जनप्रतिनिधिलाई बैकल्पिक दोभान–गुफा–बसन्तपुर हुदै धरान जोड्ने सडकलाई तत्काल सुधार गरि सञ्चालनमा ल्याउन अनुरोध गरिएको छ ।
उता, नेपाल कै सवैभन्दा छोटो त्रिदेशीय मार्गकोरुपमा रहेको तमोर करिडोरको तिप्ताला नाकादेखि ताप्लेजुङ सम्मको सडक कालोपत्रे गर्ने चीनको प्रस्तावलाई तुरुन्त समन्वय गरि निर्माण थाल्ने वातावरण मिलाउन समेत अनुरोध गरेको छ ।
जिल्लामा भएका विकास निर्माणका कामहरुलाई निरन्तरता दिदै छिटो कामगर्ने वातावरण बनाउन अनुरोध गरिएको छ । स्वास्थ्य क्षेत्र, विकास निर्माण, सामुदायीक भवन, खानेपानी लागायतका विषयमा चासो देखाउदै उद्योग बाणिज्य संघले साम्सदहरुलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।
ध्यानाकर्षण–पत्र बुझ्दै संघीय साम्सद तथा पूर्वमन्त्रि भट्टराईले सवै विषयमा छलफल गरेर अगाडी बढ्नु पर्ने बताउनुभयो । भट्टराईले पाथीभरामा केवलको विषयमा पाथीभरा केवलकार खारेजी संघर्ष समिति सँग धेरै छलफल भएको, छलफलकै क्रममा मलाई छेकेर ढुङ्गा हानेको बताउनुभयो । उँहाले कम्पनीले सवै प्रकृया पु¥याएर काम गर्न लाग्दा छेक्नु नाजायज भएको बताउदै, बसेर टेवल टक गर्ने भन्दा नमान्नु जस्ता प्रकृयाले कसरी समाधान हुन्छु ? प्रतिप्रश्न गर्नुभयो ।
उता, संघिय साम्सद लिलादेवी बोखिमले जिल्लामा पाथीभरामा केवलकार बनाउने र नबनाउने वीच धेरै ठुलो दुर्घटना हुने अवस्था रहेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । उहाँले तुरुन्त यसको समाधानमा लाग्नु पर्ने र समिति बताएर भएपनि समाधन गर्नु पर्ने बताउनुभयो । सवै साम्सदहरुले विकास निर्माणका विषयमा आ–आफ्नो धारणा राख्नु भएको थियो ।