इपूर्वपोष्ट
ताप्लेजुङ, २१ पुष । ताप्लेजुङमा मुक्कुम्लुङ संयुक्त संघर्ष समिति सहित मुक्कुम्लुङ संरक्षणमा संलग्न संघसंस्थाहरूले आइतबार देखि अनिस्चित कालिन यातायात बन्दको घोषण गरे सगै यात्रिहरुलाई विचल्लि परेको छ ।
संघर्ष समितिले एक विज्ञाप्ति प्रकाशित गर्दै मेची राजमार्ग, तमोर करिडोर र ताप्लेजुङ भित्र अनिश्चित कालका लागि यातायात बन्द गर्ने घोषणा गरेका हुन् । उक्त संस्थाहरुले पौष १७ गते पाथीभरा(मुकुम्लुङ) संरक्षणको लागि इलाम जिल्लाबाट आएका २६ जना मानिसहरूलाई तल्लो फेदीमा तैनाथ प्रहरीहरूले माथि जानबाट रोकेर फिर्ता पठाएको , तीनजनालाई गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा राखिएको र उनीहरूको रिहाइको माग सहित विभिन्न माग राखेर बन्दको आह्वान गरिएको बताइएको विज्ञाप्तिमा उल्लेख छ ।
सरकारको अन्याय ,ज्यादाति र जातीय साम्प्रदायिक कार्यको विरोध गर्न केवलकार खारेज नभएसम्म ठूलो फेदीबाट सशस्त्र र जनपथ प्रहरी फिर्ता नभएसम्म आन्दोलन फिर्ता नहुने विज्ञप्तिमा उल्लेख गरिएको छ । यस अघि उक्त संस्थाहरुले आफ्नो माग पूरा गर्न२० गते अर्थात शनिबार सम्मको अल्टिमेटम दिएको थियो ।
तर, सो मागहरु पुरा नभएपछि बन्दको घोषणा गरिएको मुकुम्लुङ संघार्ष समितिले जनाएको छ । यसरी यातायात बन्दहुँदा ताप्लेजुङबा जिल्लाका ८ स्थानीइ तह जाने यत्रुहरु, जिल्लाबाट बहिर झापाको विर्तामोड, ईलाम, पाँचथार, सुनसरीको धरान, मोरङको विराटनगर लगयातका स्थानमा जाने यात्रुहरु मारमा परेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय