
इपूर्वपोष्ट
ताप्लेजुङ, २० पुष । ताप्लेजुङमा रहेको पाथीभरा बहुमुखी क्याम्पसले पहिलो पटक सञ्चालक समितिको अध्यक्षमा महिला पाएको छ । ३४ बर्ष पछि महिलाको नेतृत्व पाएको हो । शनिबार भएको निर्बाचनमा संचालक समितिको अध्यक्षमा महिला शिला इजम (राई) निर्वाचित भएकि छन् ।
ईजमले १८ मत प्राप्त गर्दै विजयी भएकी निर्वाचन समिति संयोजक राम कुमार थापाले जानकारी दिए । निकतम प्रतिद्धन्द्धि कुमार मादेनले १२ मत प्राप्त गरेका छन् । इजम सोही क्याम्पसको तत्कालिन सदस्य समेत रहेकी थिईन् ।
यस्तै शिक्षाप्रेमि महिला सदस्यमा गिता कुमारी सेन्दाङ र मैया न्यौपाने बिजयी भएका छन् । सेन्दाङले २७ र न्यौपानेले १७ मत प्राप्त गर्दै बिजयी भएका हुन् । अर्का प्रतिस्पर्धी मातृका देवी प्रसाईले भने १० मत प्राप्त गरिन् । सदस्यका अर्की उम्मेद्वार अन्जना कडरियाले भने अन्तिम समयमा निर्वाचित सेन्दाङलाई समर्थन गरेको बताईन् ।
यस्तै शिक्षाप्रेमी बुद्धिजीवी खस आर्य सदस्यमा १९ मत प्राप्त गर्दै टेकनाथ अधिकारी निर्वाचित भए । अर्का उम्मेद्वार भोलानाथ पौडेलले १० मत प्राप्त गरे । शिक्षाप्रेमी समाजसेवी वुद्धिजीवी जनजाति मध्ये सदस्यमा पृथ्वी प्रसाद मादेनले १७ मत प्राप्त गर्दै बिजयी भएका छन् । प्रतिद्वन्द्वी हिमकला गुरुङले ९ तथा रामचन्द्र पोमुले ३ मत प्राप्त गरे । यस्तै समाजसेवी बुद्धिजीवी दलित सदस्यमा सन्तोष कुमार सार्काी निर्बिरोध निर्वाचित भएको निर्वाचन समिति संयोजक थापाले बताए । निर्वाचित कार्यसमितिको कार्यकाल ३ वर्ष रहने छ ।