इपूर्वपोष्ट
ताप्लेजुङ, १७ पुष । हिमाली जिल्ला ताप्लेजुङमा छायाँङ्कन गरिएको गीत ‘दिलमायाको चिया दोकान’ युटुव मार्फत सार्वजनिक गरिएको छ ।
साहित्यकार तथा तत्कालिन ताप्लेजुङका सहायक प्रमुख जिल्ला अधिकारी टंक भट्टराईको लेखन तथा बरिष्ठ संगीतकार राजनराज सिवाकोटीको संगीत रहेको सो गीत लोकप्रिय गायीक मिलन नेवार तथा इन्जिनिय तथा गायक वीरेन्द्र श्रेष्ठको स्वरमा रहेको ‘दिलमायाको चिया दोकान’ युटुव मार्फत सार्वजनिक गरिएको हो ।
ताप्लेजुङमा रहेको एउटा दिलमायाको बास्तविक चीया दोकानमा बसेर कल्पना गरेर गीतकार भट्टराईले यो गीत लेखेका थिए । यस गीतलाई ए वान क्यूजिसियन स्टुडियोमा राजन श्रेष्ठले रेकर्ड गरेका छन् भने मिक्सीङ तथा माष्टर किशोर थापाले गरेका छन् ।
गीतमा नव कलाकारहरु नवीन भट्टराई, मारियम सिवा, निर्मला लाबुङ, दिनेश लिङखिम लगायतले मोडलिङ गरेका छन् । भिडियो निर्देशन मिलन विश्वकर्माले गरेका छन् भने पाथिभरा क्रियस हाउस प्रा.लि.का हर्कराज गुरुङले निर्माण गरेको बताईएको छ । गीतको कोरियोग्राफी हीमा बराइली (बि बोइङ डान्स सेन्टर) ले गरेकी छन् । क्यामेरामा भूपेन्द्र योङ्हाङ र फुङ्सो जबेगु, मेकप आर्टिस्ट शान्ति ब्युटीपार्लर फुङ्लिङ बजार रहेका छन् ।
भिडियो तथा अडियोको निर्माणमा प्रजिन हाङ्वाङ, युवराज गिरी, लोकेश लिबाङ, काजी गुरुङ, हर्कराज पालुङ्वा, डम्बर लङ्वा, युवराज घोर्साइँ, राजेन्द्र पन्त, सुनील रेग्मी, आशिष केदेम, करण गौतम, रमला लिम्बू, सुरेन्द्र कार्की, मनिसा भट्टराई(कालिज कटेज), दिनेश लिङ्खिम, लेखक प्रशान्त, छेतेन शेर्पा, खगेन्द्र अधिकारी, एलिना दियाली, सन्तोष पुर्कुटी, सेविका (दिलमाया) लगायत सहयोग रहेको बताईएको छ ।

गीत हेर्नको तल क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय