
इपूर्वपोष्ट
ताप्लेजुङ, १५ पुष । पाँचथर जिल्लामा संञ्चालन भएको फाल्गुनन्द गोल्डकपको उपाधी चर्च ब्वाईज युनाईटेड काठमाण्डौले चुमेको छ ।
सोमबार भएको फाईनल खेलमा मच्छिन्द्र क्लब काठमाण्डौंलाई टाइब्रेकरमा ५–४ गोलले हराउदै चर्च ब्वाइजजे उपाधि चुमेको हो । फिदिम मा.वि.को खेलमैदानमा भएको फाइनल खेलमा निर्धारीत ९० मिनेटको खेल २–२ को बराबरी भए पछि खेलको निर्णय टाइबेक्ररबाट गरिएको थियो । टाइब्रेकरमा चर्च ब्वाइजको लागी एकराज बुडाथोकी, रोहण कार्की, अवियामी, छिरीङ लामा र सुजन ढङगोलले गोल गरेका थिए ।
मच्छिन्द्रको लागी देबेन्द्र तामाङ, सनिश श्रेष्ठ, सौरभ सुब्बा र समीरराज थोकरले गोल गरेका थिए । तर, दयानन्दको प्रहार चर्च ब्वाइजका गोलरक्षक क्रिशल मोक्तानले रोकेपछि मच्छिन्द्रले हार बेहोर्नु परेको थियो ।
चर्च ब्वाइजका अर्मान्डले ४५ औं मिनेटमा आत्मघाती गोल मच्छिन्द्रलाई अग्रता दिलाएका थिए । तर तर, मच्छिन्द्रले सो आत्मघाति अग्रतालाई जोगाउन नकेन । खेलको ७८ औं मिनेटमा चर्च ब्वाइजका छिरिङ लामाले फ्रिकिकबाट आएको प्रहारलाई हेडर गोल गर्दै खेल बराबरीमा बनाए ।
खेलको ८८ औं मिनेटमा मच्छिन्द्रका सनिष श्रेष्ठले गोल गर्दै २–१ गोलका अग्रता बनाएका थिए । तर, दोश्रो हाफको इन्जुरी समयको अन्तिम १ मिनेट समय रहदा चर्च ब्वाइजका समिर तामाङ गोल गर्दै खेल २–२ को बराबरी भयो । खेल बारबर भएपछि टाइब्रेकरमा गएको थियो । टाइब्रेकरमा चर्च ब्वाइजले बाजी मा¥यो ।
जितसँगै चर्च ब्वाइजले रु १० लाख सगैं ट्रफि मेडल र प्रमाण पत्र हात पारेको छ । उता, उपविजेता बनेको मच्छिन्द्रले रु ५ लाख चित्त बुझाउनु परेको छ । फाइनल खेलको प्लेयर अफ दि म्याच मच्छिन्द्रका शनिष श्रेष्ठ बने । उनले नगद रु १० हजार हात पारेका छन् ।
फिदिम स्र्पाेटिङ क्लबको आयोजनामा भएको प्रतियोगिताको उत्कृष्ट गोलरक्षकमा चर्च ब्वाइजका क्रिशल मोक्ताङ, उत्कृष्ट डिफेन्डर मच्छिन्द्र क्लबका देबेन्द्र तामाङ, उत्कृष्ट मिडफिल्डर चर्च ब्वाइजका दिपेश गुरुङ, उत्कृष्ट फरर्वाड मच्छिन्द्रका बिजु भुजेल, उत्कृष्ट प्रशिक्षक चर्च ब्वाइजका सुमन श्रेष्ठ घोषित भए । उनीहरूले जनही रु १० हजार प्राप्त गरे । त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चर्च ब्वाइजका समिर तामाङ घोषित भए । उनले एक थान इभि स्कुटर प्राप्त गरे । उता, उदीयमान खेलाडीका रूपमा आयोजक फिदिम स्र्पोटिङ क्लबका मनिष क्षेत्री घोषित भए । उनले नगद १० हजार प्राप्त गरे । प्रतियोगितामा ५ गोल गरेका चर्च ब्वाइजका समिर तामाङ सर्वाधिक गोलकर्ता बन्दै नगद १५ हजार प्राप्त गरे ।
गोल्डकप प्रतियोगिता पुुस ६ गते सञ्चालन भएको उक्त प्रतियोगिता एक विदेशी सहित दश वटा टिमको सहभागिता थियो ।