
इपूर्वपोष्ट
ताप्लेजुङ, ९ पुष । ताप्लेजुङमा लाखेजात्रा सञ्चालन समितिको १६ औं साधारणसभाले सागर मादेन अध्यक्ष रहेको नयाँ कार्य समिति चयन गरेको छ ।
समितिको उपाध्यक्षद्धयमा हर्कराज सुनुवार र अशोक थेबे, सचिवमा टीकेन्द्र नेपाली, सहसचिवमा डिल्ली गुरुङ तथा कोषाध्यक्षमा दावा शेर्पा चयन भएका छन् ।
सदस्यहरुमा सन्तोष गुरुङ, उत्सव साँवा, दीपेश खवास, कमल लेछर्बो, लाक्पा शेर्पा, जीतबहादुर थेबे, जीवन ईवारम, गीता पालुङ्वा र पूर्ण गुरुङ चयन भएका छन् । यसअघि देवराज गुरुङ अध्यक्ष रहेको लाखेजात्रा सञ्चालन समितिले २०८० तथा २०८१ सालको लाखेजात्रा खेल सञ्चालनको जिम्मेवारी निर्वाह गरेको थियो ।