
केशवप्रसाद भट्टराई
ताप्लेजुङ, ६ पुष । ताप्लेजुङ जिल्लाको मैवाखोलाले शैक्षिक गुणस्तर सुधारकालागि अभिभावक जागरण अभियान शुरु गरेको छ ।
पालिकामा शिक्षाको गुणस्तर खस्किएको अवस्थालाई मध्यनजर गर्दै सरोकारवाला सवै भेला बनाएर शिक्षा जागरण अभियान चलाउन थालिएको गाउँपालिकाका अध्यक्ष विजयप्रकाश वनेमले बताए । उनले विशेष गरेर अभिभावकालाई प्रशिक्षित गरि बालबालिकालाई विद्यालय जाने वातावरण बनाईने बताए ।
अभियान पालिकामा रहेका ६ वटा वडामा पु¥याउने र सवै वडाका अभिभावकहरु माझ सिकाई क्रियाकलापमा शिक्षक, विद्यार्थी, अभिभावक, नागरिक अगुवा, स्थानीय सरकार, विद्यालय व्यवस्थापन समिति लगायत सवैलाई क्रियाशिल बनाएर शैक्षिक सुधार ल्याउने पालिकाका प्रवक्ता तथा वडा नम्बर १ का वडाध्यक्ष चन्द्रबहादुर तामाङले बताए ।
पालिका भरिका २९ वटा सवैतहका सामुदायीक विद्यालयका अभिभावकलाई भेला बनाएर जागरण अभियानलाई सफल बनाउने समेत अध्यक्ष वनेमले बताए । जागर अभियानकोलागि राष्ट्रिय शिक्षा अभियानका संयोजक अभिषेक घिमिरे सहभागीता रहेको समेत अध्यक्ष वनेमले बताए ।