
इपूर्वपोष्ट
ताप्लेजुङ, ६ पुष । पुषेमेला अन्तराष्ट्रिय आमन्त्रण तथा अन्तर जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि भोजपुरले चुमेको छ । ताप्लेजुङको दोभानमा सम्पन्न भएको भलिवल प्रतियोगितामा झापाको पाथीभरा टाइगर भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै भोजपुरले उपाधि चुमेको हो ।
झापालाई भोजपुरले २५–२१, २५–१६ र २५–२३ को सोझो सेटमा जीतेको थियो । उपाधि जितसँगै भोजपुरले ३ लाख रुपैयाँ नगद पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र पाएको छ । त्यस्तै उपविजेता बनेको झापाले एक लाख ७५ हजार रुपैयाँ नगद र ट्रफी, पदक तथाा प्रमाणपत्र प्राप्त ग¥यो । सेमिफाइनमा संखुवासभाको सभापोखरीलाई २५–२३, ३०–२८ र २५–२१ को सेटमा पराजित गर्दै भोजपुर फाइनल पुगेको हो । त्यस्तै मुकेश मेमोरियल क्लव ताप्लेजुङलाई २५–१९, २५–२१ र २५–१९ ले पराजित गर्दै झापा फाइनलमा पुगेको थियो । प्रतियोगितामा भारत, सिक्किमको नाम्चे भलिबल क्लबसहित ७ टोलीको सहभागिता रहेको आयोजकले बताएका छन् ।