
इपूर्वपोष्ट
ताप्लेजुङ, १ पुष । नेपाल पत्रकार महासंघको केन्द्रीय अध्यक्षमा पत्रकार निर्मला शर्मा निर्वाचित भएकी छन् । शर्माले आफ्नो प्रतिस्पर्धी रमेश विष्टलाई १ हजार ७९ मतले पराजित गरी सो पदमा निर्वाचित भएकी हुन् ।
अध्यक्षमा शर्माको ४ हजार २८२ मत ल्याएकी छन् । उनका प्रतिस्पर्धी विष्टले ३ हजार २०३ मत प्राप्त गरेको निर्वाचन समितिका संयोजक निरन्जिवी खनालले जानकारी दिए । मंसिर २८ गते भएको निर्वाचनको परिणाम ३० गते आइतबार राति सार्वजनिक भएको हो ।
निर्वाचित शर्मा प्रेस चौतारी नेपाल र नेपाल प्रेस युनियनको संयुक्त प्यानलबाट उम्मेवारी दिएकी थिईन् । उनका प्रतिस्पर्धी विष्ट युनियनबाट विद्रोह गरी प्रेस सेन्टर लगायतका संगठनको समर्थनमा उम्मेदवारी दिनुभएको थियो ।
निर्वाचन समितिका अनुसार वरिष्ठ उपाध्यक्षमा दिपक आचार्य ४ हजार २३० मत ल्याएका छन । वरिष्ठ उपाध्यक्षका अन्य उम्मेदवारमा गोविन्द चौलागाइँले ५४८ मत, रोशन पुरीले २ हजार ८८६ मत ल्याएका छन् ।
त्यसैगरी उपाध्यक्ष (महिला) मा नितु पण्डित ४ हजार ७०५ प्राप्त गर्दा उपाध्यक्ष समावेशीमा उमिद बागचन्दले ४ हजार ९२ मत प्राप्त गरी निर्वाचित भए । महासचिवमा रामप्रसाद दाहालले ४ हजार ८४ मत प्राप्त गरी निर्वाचित भए ।
त्यस्तै, सचिव खुलामा रमेश खतिवडा, सचिव महिलामा सोनी शर्मा, सचिव आदीबासी जनजातिमा सविन प्रियसनले ३ हजार ५३५ मत ल्याएर निर्वाचित भए । त्यस्तै अर्का सचिव (मधेसी) मा अशोककुमार तिवारी निर्वाचित भए ।
कोषाध्यक्षमा रामकृष्ण अधिकारी ३ हजार ८४७ मत ल्याएर निर्वाचित भए । उनका प्रतिस्पर्धी रामकृष्ण ज्ञवालीले ३ हजार ४६५ मत प्राप्त गरे। महासंघको ५२ सदस्यीय नयाँ कार्य समितिका लागि निर्वाचन भएको हो । नतिजाको पूर्णसूची