
इपूर्वपोष्ट
तप्लेजुङ, २८ मंसिर । नेपाल पत्रकार महासंघ ताप्लेजुङ शाखाको अध्यक्षमा शुवास आचार्यको नेतृत्वामा १५ सदस्य शाखा समिति निर्बिरोध निर्वाचित भएको छ । निर्वाच समितिका अनुसार उपाध्याक्षमा सन्तोषकुमार सार्की, महिला उपाध्यक्ष संगिता कार्की, सचिव कृष्ण फुरुम्बू(लिम्बू), कोषाध्यक्ष मदन गौतम, सह–सचिब, मनमाया लिम्बू निर्बिरोध निर्वाचित भएका छन् ।
त्यस्तै सदस्यहरुमा सुनिता रसाईली, किरण वि.क., तेन्जिङ शेर्पा, तरुण भारती, दिलकुमार फेम्बू, रञ्जना गुरुङ, टीकामाया याक्सो, एलिना दियाली निर्बाचीत भएको निर्वाचन संयोजक धर्मप्रसाद पौडेलले बताए । त्यस्तै प्रदेश परिषद् सदस्यमा दिनेश लिङखिम, सूर्यप्रसाद लिम्बू(आलोक) निर्वाचित भएका छन् । त्यस्तै केन्द्रीय परिषद् सदस्यमा राजेन्द्र श्रेष्ठ र चन्द्रबहादुर पन्दाक(प्रयास) निर्वाचित भएको निर्वाचन समितिले जानकारी दिएको छ ।