ईपूर्वपोष्ट
ताप्लेजुङ, १४ मंसिर । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–३ सिकैँचाको उपनिर्वाचन ५८.३१ प्रतिशत मत खसेको छ ।
मुख्य निर्वाचन अधिकृत एवम् जिल्ला न्यायाधीश विकास श्रेष्ठले आइतबार भएको उपनिर्वाचन निर्धारित समयमै सुरु भएको र निर्धारित समय सम्ममा सो मतदान भएको बताए । न्यायाधिस श्रेष्ठले उपनिर्वाचनमा ५८.३१ प्रतिशत मतदाताले मतदान गरेका उहाँले जानकारी दिए । मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत दलबहादुर तामाङले दुईवटा मतदान स्थलमध्ये सरस्वती माध्यमिक विद्यालय कुञ्जारीमा ६१५ मत खसेको छ ।  दुर्गा माध्यमिक विद्यालय ओसेमा २७६ मतदाताले मतदान भएको बताए ।
सिकैँचाको उपनिर्वाचनमा कुल मतदाता भने एक हजार ५२८ रहेका थिए । दुईवटै मतदानस्थलमा गरी ८९१ मतदाताले मतदान गर्दा ६३७ मतदाता अनुपस्थित हुन पुगेका छन्। यसअघि २०७९ सालको स्थानीय तह निर्वाचनमा निर्वाचित वडाध्यक्ष दिलप्रसाद बोखिमले राजीनामा दिएपछि सिकैँचामा उपनिर्वाचन भएको हो । सिकैँचाको वडाध्यक्ष पदका लागि नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसमेत पाँच दलका उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् । निर्वाचनमा सहभागी राजनीतिबिच बस्ने सर्वदलीय बैठकको निर्णय अनुसार मतगणना सुरु गरिने पनि सहायक निर्वाचन अधिकृत तामाङले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय