केशवप्रसाद भट्टराई
ताप्लेजुङ, २३ कार्तिक । पूर्वको प्रसिद्ध तीर्थस्थल पाथिभरामा केबलकार बनाउने र नबनाउने पक्ष विच विवाद भई झडप हुँदा छ जना घाईते भएका छन् । केबरकार बनाउन दिने र नदिने पक्षमा रहेकाहरुबीच शुक्रबार झडप भएको हो ।
झडपमा छ जना घाईते भएको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए । केवलकार बनाउन नदिने पक्षका चन्द्र मादेन शक्त घाईते भएको प्रजिअ अधिकारीले बताए । उनको टाउँको, दाहिने पटिको चोरी औलामा चोटलागेको छ । उनको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भई रहेको बताईएको छ । घाईते हुनेमा केवलकार बनाउने पक्षका फुङलिङ नगरपालिकाका मेयर अमिर मादेनका गाडी चालक फुङलिङ नगरपालिका ४ का दमोदार अधिकारी घाईते भएका छन् । उनको आखाँमाथि गम्भिर चोटलागेको बताईएको छ । उता, मेरिङदेन ४ का केबलकार बनाउने पक्षका कुमार शेर्पा पनि घाईते भएका छन् । एता, फक्ताङलुङ गाउँपालिका ५ का पाथीभराका भरियन अर्जुन पराङ्देन लिम्बुको दाहिने कुममा चोटलागेको प्रजिअ शर्माले बताए ।


उता,सुरक्षाकर्मी तर्फ दुई जना घाईते भएका छन् । सहायक प्रहरी निरिक्षक डिकेन्द्र ओली र प्रहरी हवल्दार अभिनास माझी सामान्य घाईते भएका छन् ।
निर्माण क्षेत्रमा स्काइभेटर मेशिन लाने विषयमा विवाद भएको हो । निर्माण कम्पनी हिमालयन कन्ट्रक्सनले काफ्लेपाटीवाट मेशिन लैजादा आन्दोलनरत पक्षले अवरोध गरेका थिए । त्यसपछि प्रहरीले मेशिनको चावी लिएको थियो । प्रहरीसँग चाबी मागेर आन्दोलरत पक्ष आन्दोलित भएका थिए । त्यही क्रममा दुई पक्षविच ढुङ्गा हानाहान भएर झडपको स्थिति सृजना भएको हो । प्रहरीले मेशिनको चाबी दिएको छैन भने दुवै पक्ष आआफ्नो क्षेत्रमा वसिरहेका छन् । केवलकार निर्माण कम्पनीका तर्फबाट निर्माणकालागि शुक्रबार शिलान्यस गर्ने कार्यक्रम थियो । शिलान्यस गर्ने कार्यक्रमलाई विथोल्न केवलकार निर्माण नगर्न पक्षधर करिव ५० को सख्यामा उपस्थिति रहेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय