पूर्वपोष्ट

ताप्लेजुङ, १२ असोज । मेची राजमार्गमा पर्ने पाँचथरको हेवाखोलामा रहेको पुल बाढीले बगाउँदा मेची राजमार्ग अवरुद्ध भएको छ । सदरमुकाम फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिका जोड्ने बेलीबृज शनिबार बिहान ७ बजे तीर बाढीले बगाएको पाँचथरका प्रहरी सूचना अधिकारी रुपेश तामाङले बताए ।

हेबा खोलाको पुल बाढीले बगाएपछि मेची राजमार्ग अवरुद्ध भएको छ । मनसुनको प्रभावले पूर्वी पहाडी जिल्लामा केहीदिनदेखि अविरल वर्षा भइरहेको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार बाढीले अहिलेसम्म तीन जानको मृत्यु भएको छ भने पाँचजना बेपत्ता भएका छन् । उनीहरूको खोजी सुरू भएको प्रहरीले बताएको छ ।

उनका अनुसार बेपत्ताको संख्या अझै बढ्न सक्ने अनुमान छ । अविरल वर्षाले हराइरहेका मानिसको खोजिकार्य गर्न समस्या भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय