
केशवप्रसाद भट्टराई
ताप्लेजुङ, ५ असोज । ताप्लेजुङमा भएको ‘अन्तराष्ट्रिय रेड पाण्डा ट्रेल म्याराथन’ प्रतियोगिताको उपाधी पाँचथरका विशाल राईले चुमेका छन् ।
म्याराथनमा एक विदेशि सहित ११ महिला र ४० पुरुष गरि ५१ जना सहभागी थिए । ५० जनालाई पछि पार्दै विशाल राईले उपाधि चुमेका हुन् । पाँचथर जिल्लाका विशाल राईले ४ घण्टा १६ मिनेटमा निर्धारित ४८ किलो मिटिर दुरी पार गर्दै सर्बोकृष्ट धावकको उपाधी चुमेका हुन् ।
म्याराथनमा पुरुष तर्पm प्रथम बजाङका करन रावल बने । करनले निर्धारीत दुरी ४ घण्टा १७ मिनेटमा पार गर्दै पुरुष तर्फको प्रथम बनेका हुन् । पुरुष तर्फकै दोश्रो उपाधी ताप्लेजुङका रमेश लिम्बुले हात पारेका छन् । निर्धारित दुरी ४ घण्टा २६ मिनेटमा पार गर्दै लिम्बु दोश्रो हुन सफल भएका हन् । पुरुष तर्फको तेश्रो सोलुखुम्बुका अर्जुन कुलुङ राई बनेका छन् । उनले, निर्धारित दुरीलाई ४ घण्टा ३१ मिनेटमा पार गर्दै तेश्रो हुन सफल भएका हुन् ।
म्याराथनमा पुरुष र महिला सगैं कुदाईएको थियो । महिला ११ जनाले भाग लिएका थिए । ११ जना मध्ये १० जनालाई पछि पार्दै ताप्लेजुङ फुङलिङ नगरपालिका ६ कि कुमारी गुरुङ प्रथम दिएकी छिन् । उनले निर्धारीत ४८ किलोमिटर दुरी ६ घण्टा १२ मिनेट २० सेकेन्डमा पार गर्दै प्रथम भएकी हुन् ।
महिला तर्फकै दोश्रो ओखलढुङ्गा जिल्लाकी लाक्पानीमा शेर्पा भएकी छन् । उनले निर्धारीत दुरी ६ घण्टा २९ मिनेट ६ सेकेन्डमा पार गरेकी हुन् । एता, ताप्लेजुङ की दाशाङ्की शेर्पा तेश्रो भएकी छन् । उनले निर्धारित दुरी ६ घण्टा ३७ मिनेट ५० सेकेन्डमा पार गरेकि छन् ।
रेडपाण्डाका कार्यक्रम संचालन भएका जिल्लाहरु ताप्लेजुङ, पाँचथार र ईलामलाई स्थानीय मानि मुल्याकन गरिएको थियो । सो अनुसार पाचथरका राजन मेन्याङ्वो प्रथम भएका छन् । उनले ४ घण्टा ५७ मिनेट ३२ सेकेन्डमा निधारीत दुरी पार गरेका छन् । त्यस्तै स्थानीयमा दाश्रो ताप्लेजुङका सञ्चबहादुर शेर्पा दोश्रो भए । उनले ५ घण्टा ६ मिनेट ६ सेकेन्डमा निर्धारित दुरी पार गेर । त्यस्तै ५ घण्टा १९ मिनेट २० सेकेन्डमा निर्धारित दुरी पारगर्दै ताप्लेजुङका दिपक राई तेश्रो बने ।
अन्तराष्ट्रिय रेडपाण्डा संरक्षण दिवसको अवसर पारेर ‘अन्तराष्ट्रिय रेड पाण्डा ट्रेल म्याराथन’ प्रतियोगिता ताप्लेजुङमा सम्पन्न गरिएको हो ।
फुङलिङ बजारको तोक्मेडाँडाबाट सुरु भई ३ हजार ७९४ मिटर उचाईको पाथीभरा मन्दिरसम्म पुगेर पुनः फुङलिङ बजारको सोई स्थानमा आईपुग्ने गरी कूल ४८ किलोमिटर दुरी निर्धारण गरिएको थियो ।
म्याराथनमा सबैभन्दा पहिला दौड पूरागरेका सर्बाेकृष्ट म्याराथनका बिजेता विषाल राईलाई नगद १ लाख रुपैयाँ पुरस्कार दिईएको छ । सर्वात्कृष्ट धावक बाहेक पुरुषतर्पm प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः जनही ५०, ३० र २० हजार रुपैयाँ नगद पुरस्कार वितरण गरिएको छ ।
म्याथुनको उत्घाटन शनिबार विहान ताप्लेजुङ जिल्लाका जिल्ला समन्वय समितिका संयोजक छिरिङ शेर्पा, रेडपाण्डा नेटवकका कन्ट्रि मेनेजर आङछिरिङ शेर्पा, फुङलिङ नगरपालिकाका मेयर अमिर मादेन लगायतले म्याराथनको उत्घाटन गर्नुका गरेका थिए ।