
पूर्वपोष्ट
ताप्लेजुङ, २९ भदौं । माथिबाट खसेको पहिरो सहित ढुङ्गाले पीकअप भ्यानमा लागेर ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका ३ लिङखिमा एक जना महिलाको मृत्यु भएको छ ।
लिङखिम फेसेवा जंगल नजिकै माथिबाट खसेको पहिरो सहितको ढुङ्गाले पीकअपमा लागेको थिगयो । सोही पीकअपमा सवार फक्ताङलुङ गाउँपालिका ३ लिङखिम तावाकी २६ बर्षीय निर्माला गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा प्रहरी निरिक्षक विवेक बस्नेतले बताए ।
फक्ताङलुङ गाउँपालिका ३ लिङखिम तावा तीर जादै गरेको मे १ ज १३६२ नम्बरको पिकअप भ्यानमा यात्रा गरिरहेकी निर्मला गुरुङलाई गम्भीर घाइते भएकी थिईन् । घाइते गुरुङलाई तत्कालै गाउँपालिकाको एम्बुलेन्स मार्फत उपचारका लागि जिल्ला अस्पताल ताप्लेजुङ पु¥याए पनि लगतै चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बस्नेतले बताए । प्रहरी निरीक्षक बस्नेतले पिकअप भ्यानमा माथिबाट खसेको पहिरो र ढुङ्गाले ढुङ्गा गुरुङको टाउकोमा गम्भीर चोट पुगेको लागेको थियो । पीकअप चालक रुपेश सुनुवार भागेर ज्यान बचाएका र उनि प्रहरीको सम्र्पकमा आएको प्रहरीले बताएको छ ।