पूर्वपोष्ट
विराटनगर, २८ भदौ । नेपाली कांग्रेस कोशी प्रदेश सरकारमा सहभागी भएको छ । कांग्रेसबाट तीन मन्त्री र एक राज्यमन्त्रीले आज शपथ ग्रहण गरेका छन् । जस मध्ये ताप्लेजुङको प्रदेश क्षेत्र नं. ख बाट निर्बाचित खगेनसिंह हाङगाम कृषि तथा सहकारी मन्त्रि बनेका छन् ।
प्रदेश महामन्त्री समेत रहेका प्रदेश सभा सदस्य भुपेन्द्र राईको नेतृत्वमा कांग्रेस सरकारमा सहभागी भएको हो । कृष्णप्रसाद सिटौला समूहका राई भौतिक पूर्वाधार मन्त्री बन्नुभएको छ । सिटौला पक्षकै भूमिप्रसाद राजवंशी भौतिक पूर्वाधार राज्यमन्त्री बन्नुभएको छ ।
सदानन्द मण्डल पर्यटन, वन तथा वातावरण मन्त्री बन्नुभएको छ । गत साउन १२ मा नै सरकारमा सहभागी हुने निर्णय गरेको कांग्रेस कोइराला समूहको २ मन्त्रीको अडानका कारण सरकारमा सहभागी भएको थिएन । आज भने शेखर समूह विना नै कांग्रेस सरकारमा सहभागी भएको हो । कोशीमा डा. शेखर कोइराला पक्षले २ वटा मन्त्रालय मागेको थियो । संस्थापन पक्षले एउटा मन्त्री र एउटा राज्यमन्त्री दिने बताएको थियो ।
ताजा समाचार
लोकप्रिय
© 2025, All right reserved to purwapost
Made with ❤️ By Gorkhaly Labs