पूर्वपोष्ट
ताप्लेजुङ, २२ भदौ । सिरिजंघा गाउँपालिका ५ पेदाङमा खोलाले बगाउँदा एक बालिका बेपत्ता भएकी छन् । ताप्लेजुङको सिरिजंघा गाउँपालिका ५ पेदाङका टंक प्रसाद भण्डारीका ६ वर्षीय छोरी सन्ध्या भण्डारी खेलाले बगाएर बेपत्ता भएको बताईएको छ ।
बालिका साथीहरुसँग त्यही रहेको टिकटक झरनामा गएको र नजिकैको काबेली खोलामा खसेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारि तथा प्रहरी निरीक्षक कमलकुमार लुङगेलीले बेपत्ता भएकी बालिकाले घरमा कसैलाई पनि जानकारी नगराई साथीसँग माछाको भुरा समाउन टिकटक झरना गएको बताए । लुङ्गेलीले शुक्रबार ३ बजे तिर खोलामा खसेको बताए । बेपत्ता भएकी बालिकाको री तथा स्थानीयका टोलिले हिजो साँझ सम्मनै खोजी गरेपनि फेला पार्न नसकेको प्रहरीले जनाएको छ । आज पनि बिहानै देखि खोजीकार्यको थालिएको बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय