पूर्वपोष्ट
ताप्लेजुङ, १९ भदौं । ताप्लेजुङको सुकेटार विमान स्थलमा तीन महिना पछि बुधबार उडान भएको छ । बुधबार मौसम केही खुलेपछि ताप्लेजुङ–काठमाण्डौं उडान भएको हो । नेपाल वायु सेवा निगमले बुधवार विहान उडान तालिका राखे बमोजिम जहाज आएर फर्किएको जिल्ला स्थीत कार्यालय प्रमुख नारायणकुमार कार्कीले बताउनुभयो ।
कार्कीले बिहान ६ः१५ मा काठमाण्डौबाट उडान गरिएको बताउनुभयो । जम्मा चार जना यात्रु लिएर आएको विमान विहान ७ बजेर २३ मिनेटमा काठमाण्डौंको लागि प्रस्तान ग¥यो । ताप्लेजुङबाट काठमाण्डौं २ जना यात्रु बोकेर गएको प्रमुख कार्कीले बताउनुभयो ।
गत ज्येष्ठ ११ गतेदेखि काठमाण्डौं ताप्लेजुङ उडान हुन सकेको थिएन । गत श्रावण ३० गतेकालागि पनि उडान तालिका राखिएको थियो । यात्रु नभएका कारण उक्तदिन उडान गर्न नसकिएको कार्यालयले जनाएको छ ।
बुधबारको लागिपनि यात्रुहरु २ जना मात्र रहेका थिए । लामो समय उडान नहुनु, भर पर्दो सेवा नभएकोलेपनि यात्रुहरुको विश्वस गुमेको छ । कार्यालयको कार्यसूची तालिका भएपनि जहाज नआउदा यात्रुहरु नहुने गरेको बताईन्छ । हाललाई हप्तामा एकदिन बुधवार मात्रै उडान तालिका राखेको निगमले मौसम खुलेर यात्रु भए उडान तालिका थप्ने योजना रहेको बताएको छ । पर्यटकको सिजन शुरुहुन लागेपनि नियमित उडान नहुदा पर्यटकीय क्षेत्रमा सिथिलता आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय