
पूर्वपोष्ट
ताप्लेजुङ, ९ भदौ । हिमाली जिल्ला ताप्लेजुङमा जुन सुकै खेल भएपनि दर्शक बटुल्न खप्पीस छ । फुटवल, भलिवल या कुनै पनि खेल जिल्लामा भएमा हजारौं दर्शकहरु हुन्छन् । त्यही अनुरुप अहिले जारी ताप्लेजुङ गोल्डकपको फाइनल अघिका खेलहरुमा लाखेजात्रा सञ्चालन समितिले प्रवेश शुल्कबाट साढे १३ लाख बढी रकम संकलन गरेको छ ।
जिल्लाको ब्रान्ड बनेको लाखेजात्राको अवसरमा खेलाईने ‘ताप्लेजुङ गोल्डकप’ मा क्वाटर फाईनलका ४ तथा सेमीफाईनलका २ गरी ६ खेलको प्रवेश शुल्कबाट १३ लाख ६२ हजार ६ सय रुपैयाँ संकलन भएको लाखेजात्रा सञ्चालन समितिका कोषाध्यक्ष निरोज श्रेष्ठले बताए ।
श्रेष्ठले क्वाटर फाईनलका चार खेलबाट ७ लाख ९ हजार ८ सय रुपैयाँ संकलन भएको जानकारी दिए । सेमीफाइनलका २ खेलबाट ६ लाख ५२ हजार ८ सय रुपैयाँ संकलन भएको उनले बताए । सेमीफाइनलका दुई खेलमध्ये पहिलो खेलबाट ३ लाख ८ हजार ८ सय र दोस्रो खेलबाट ३ लाख ४४ हजार रुपैयाँ संकलन भएको कोषध्यक्ष श्रेष्ठले जाकारी दिए ।
लाखेजात्रा सञ्चालन समितिले क्वाटर फाईनलका चार खेलका लागि जनही एकसय, सेमीफाईनलका दुई खेलका लागि दुईसय र फाइनल खेलका लागि जनही दुईसय पचास रुपैयाँ प्रवेश शुल्क निर्धारण गरेको छ ।
सोमवार हुने फाईन खेलमा करिव ८ लाख रुपैंया उठ्ने अपेक्षा गरिएको लाखेजात्रा सञ्चालन समितिका सचिव टिकेन्द्र नेपालीले बताए ।