
पूर्वपोष्ट
ताप्लेजुङ, ७ भदौ । ताप्लेजुङ गोल्डकप फुटवल प्रतियोगितामा घरेलुटिम संघर्ष स्र्पोटिङ क्लव ताप्लेजुङलाई हराउदै मोरङको सगरमाथा युथ क्लव फाईनलमा पुगेको छ ।
निधारीत समयमा १–१ बराबरीमा खेलेको दुवै टिमले दुइञ्जुरी समयमा २–१ गर्दै मोरङ फाईनलमा प्रवेश गरेको हो ।
बिजयी टिमका लागि दुबैगोल मिलन राईले गरेका थिए । खेलको नवौं मिनेटमा बिजय भुजेलको पासमा सानदार ‘फिनिसिङ्’ गर्दै मिलनले टिमका लागि पहिलो गोल गर्दै टिमलाई १–० को अग्रता दिलाएका थिए । ताप्लेजुङको संघर्ष स्पोटिङ क्लवका लागि खेलेको ६० औं मिनेटमा कप्तान अनुप सेन्दाङले सगरमाथा यूथ क्लवबिरुद्ध बराबरी १ गोल गर्दौ १–१ गोलको बराबरी बनाएका थिए ।
निर्धारीत समय ९० मिनेटमा खेल बराबरीमा टुङ्गिएपछि १५ मिनेटको इञ्जुरी समय निर्धारण गरिएको थियो । इन्जिुरी समयको ७ मिनेट अर्थात खेलेको ९७ औं मिनेटमा पुनः मिलन राईले एक गर्दै टिमलाई अग्रता दिलाए । सोही गोल मोरङका लागि जीत बन्यो । घरेलु मैदानमा उत्रिएको गृह टिमलाई पाखालगाउदै मोरङको सगरमाथा फाइनलमा पुग्ने पहिलो टिम बन्यो । सगरमाथा यूथ क्लवले बुटवलको फ्रन्चाइजी लुम्बिनीलाई १–० गोल सेमीफाईनलमा पुगेको थियो ।
भानु माविको खेल मैदानमा भएको पहिलो खेलमा ७–५ गोलले भारतको सिलगुढीलाई हराउदै हराउदै घरेलुटिम संघर्ष स्र्पोटिङ क्लव सेमीफाईनलमा पुगेको थियो । तर, सेमी फाईनल खेलमा मोरङ सग पराजित भएको छ ।
आजको खेलमा म्यान अफ दिन म्याच मोरङको सगरमाथा युथ क्लवका मिलन राई घोषित भए । उनले नगद ५ हजार रुपैयाँ प्राप्त गरका छन् । खेलमा मोरङका मौसम सुब्बा र भुवन बस्नेतले पहेंलो कार्ड पाए ।
लाखेजात्रा सञ्चालन समितिका कोषाध्यक्ष निरोज श्रेष्ठले आयोजकले सेमीफाईनलका दुई र फाइनलको एक खेल गरी तीन खेलमा सहभागी सबै खेलाडीको जनही १ लाख रुपैयाँका दरले शीखर ईन्स्योरेन्स कम्पनीमा दुर्घटना बीमा समेत गरिएको बताए ।