पूर्वपोष्ट
ताप्लेजुङ, ६ भदौ । युनाइटेड फुटबल क्लव विर्तामोड (झापा)ले ३–० गोल गर्दै विभागीय त्रिभुवन आर्मी क्लव काडमाण्डौंलाई ताप्लेजुङ गोल्डकप फुटवल प्रतियोगिताबाट पाखा लगाएको छ ।
राष्ट्रिय खेलाडी सहित मैदानमा उत्रिएको विभागीय त्रिभुवन आर्मी क्लव झापाका खेलाडी सँग टिक्न नसकि बाहिरिएको हो । चौथो क्वाटर फाइनल खेल जित्दै झापा दोस्रो ताप्लेजुङ गोल्डकपको अन्तिम चारमा प्रवेश गरेको छ । विजयी झापा टिमले भदौ ८ गते हुने दोस्रो सेमीफाईनलमा सिराहाको सलहेश यूथ क्लवसंग खेल्ने पक्का भएको छ ।
मध्यान्तर पछिको पहिलो मिनेट अर्थात ४६ औ मिनेट मै बिर्तामोडका लागि अभिषेक गुरुङले गोल गर्दैै १–० अन्तर बनाएका थियो । खेलको ६५ औं मिनेटमा बिर्तामोडका लागि देवेन्द्र तामाङले फ्रिकिकमा उत्कृष्ट गोल गर्दै टीमको अग्रता दोब्बर पारे । मैदानको मध्यभाग भन्दा टाढाबाट उनले प्रहार गरेको वलले सिधै जाली चुम्दा त्रिभुवन आर्मीका गोलकिपर नवीन परियारले बलको मेसोनै पाएनन् ।
झापाको टिमले २–० बनाए बनाएपछि अझै हर्सिएका झापाको टिमले फेरी खेलको ६६ औं मिनेटमै युसफ थपलियाले टीमका लागि तेस्रो गोल गर्दै आफ्नो टिमलाई आर्मी बिरुद्ध ३–० बनाए । सोही गोल अन्तिम बन्यो । आर्मीका कप्तान समेत रहेका नेपाली राष्ट्रिय टोलीमा आवद्ध भरत खवास, नवयुग श्रेष्ठ सहितका खेलाडी रहेको आर्मि क्लव अन्तत घर तिर फर्किएको छ ।
आर्मी भर्खरै मात्र डुरान्ड कप खेलेर फर्किएको टीम हो । शुक्रवार हुने पहिलो सेमीफाइनलमा गृह टीम संघर्ष स्पोर्टिङ क्लव र मोरङको सगरमाथा यूथ क्लव सेमी फाईनल खेल खेल्ने छन् । गृह टिम संघर्ष स्पोर्टिङ क्लवले उद्घाटन खेलमा भारत सिलगुढीको कञ्चनजंघा फुटबल क्लवलाई ७–५ गोल अन्तरले पराजित गर्दै सेमीफाईनल पुगेको थियो । सलहेश पाँचथर फुटबल क्लवलाई पराजित गर्दै सेमीफाइनल पुगेको हो । मोरङको सगरमाथा यूथ क्लव नेपाल सुपर लिग खेलेको बुटवल लुम्बिनी एफसीलाई पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय