पूर्वपोष्ट
ताप्लेजुङ, ४ भदौ । ताप्लेजुङ गोल्डकप फुटवल प्रतियोगिताको दोश्रो खेल जित्दै सलहेश युवा क्लब सिरहा सेमिफाईनलमा प्रवेश गरेको छ ।
मंगलबार सम्पन्न भएको दोश्रो क्वाटरफाईनल खेलमा पाँचथर फुटबल क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै सिरहा सेमिफाईनलमा प्रवेश गरेको हो । खेलको ४१ औँ मिनेटमा सिरहाका जय गुरुङले प्रहार गरेको बलले जाली चुमेसँगै जितलाई सुनिश्चित गरेको हो । त्यसपश्चात पाँचथरले थप आक्रामक ढंगले खेल खेलेपनि कुनै गोल गर्न नसक्दा पराजय व्यहोर्न बाध्य भएको छ ।
मंगलवारको खेलमा पाँचथरका तीन खेलाडी क्रमशः मानबहादुर परियार, उमेश कार्की र बसन्त ओझा तथा सिराहाका सेवेएले पहेंलो कार्ड पाएका थिए । सलहेशले तीन बिदेशी खेलाडी क्रमशः जोन ग्लोरी, सेवेए र कार्लाेस समेत मैदानमा उतारेको थियो । बुधवार हुने तेस्रो क्वाटर फाइनल खेलमा समूह ‘ए’ मा रहेका रुपन्देहीको बुटवल लुम्बिनी फुटबल क्लव र मोरङको सगरमाथा युथ क्लव वीच खेल हुने आयोजकले बताएको छ ।
भाद्र १० गते सम्पन्न हुने प्रतियोगिताको बिजेताले ५ लाख र उपबिजेताले २ लाख ५० हजार ५ सय ५५ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । सोमवार भएको पहिलो खेल जित्दै ताप्लेजुङको संघर्ष स्पटिङ क्लव यसअघि नै सेमीफाईनल पुगी सकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय