मदन पुरस्कार २०८० का लागि पाँचवटा पुस्तक मनोनयनमा परेका छन्। मदन पुरस्कार गुठीले मंगलबार छनोट भएका पुस्तकहरूको सूची सार्वजनिक गरेको हो।

प्राप्त भएका ३०४ पुस्तकमध्येबाट पाँच पुस्तकलाई पुरस्कारका लागि मनोनयन गरिएको गुठीले जनाएको छ।

भक्त स्याङ्तानको ‘डम्फुको आत्मालाप’ जीवन क्षेत्रीको ‘नुन–तेल’ भावेश भुमरी र प्रणिता चामलिङको ‘भावलिपि’ मोहन मैनालीको ‘मुकाम रणमैदान’ र  रोशन थापा नीरवको ‘सन्त्रासका साठी दिन’ मनोनयनमा परेका छन्।

छनोटमा परेका पुस्तकमध्ये एकलाई श्रेष्ठ कृतिका रूपमा मदन पुरस्कार प्रदान गरिन्छ। २०७५ सालबाट पुरस्कार राशी चार लाख रुपैयाँ रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय