
नाै स्थानीय तहले ४ अर्ब २९ करोड ६० लाख ७९ हजार ५८३ रुपैयाँको बजेट ल्याए
हिमाली जिल्ला ताप्लेजुङका नौ स्थानीय तहले आगामी आर्थिक वर्ष २०८१/०८२ को लागि बजेट ल्याएका छन् । एक नगरपालिका सहित नाै स्थानीय तहले ४ अर्ब ३१ करोड २७ लाख ७५ हजार ७ सय ५२ रुपैयाँको बजेट ल्याएको स्थानीय तहहरुले बताएका छन् ।
फुङलिङ नगरपालिका
एक मात्र नगरपालिका फुङलिङले कुल ६६ करोड ७६ लाख ७३ हजार ५ सय ५१ रुपैयाँको बजेट ल्याएको छ । अनुदान रकम ३ करोड ८३ लाख १७ हजार २ सय कटौती भएको छ । चालुतर्फ ४६ करोड ८ लाख ८२ हजार अर्थात ६९ प्रतिशत र पुँजीगततर्फ २० करोड ६७ लाख ९१ हजार अर्थात ३१ प्रतिशत खर्च हुनेगरी वजेट आएको छ ।
नगरपालिका उपप्रमुख भीमादेवी ओझाले पेस गरेको बजेटमा सामाजिक विकासतर्फ ३६ करोड ३५ लाख, पूर्वाधार विकासतर्फ १० करोड ५५ लाख, आर्थिक विकासतर्फ २ करोड १३ लाख, सुशासन र अन्तरसम्बन्धित क्षेत्रतर्फ १७ करोड ७२ लाख विनियोजन गरिएको छ ।
संघीय सरकारबाट वित्तीय समानीकरण अनुदान १४ करोड ८५ लाख, राजस्व बाँडफाँडबाट ९ करोड ७८ लाख, ससर्त अनुदानबाट ३० करोड ६७ लाख, विशेष अनुदानबाट १ करोड ५० लाख, समपुरक अनुदानबाट १ करोड प्राप्त हुने उल्लेख छ ।
कोशी प्रदेशबाट वित्तीय समानीकरण ९६ लाख, प्रदेश राजस्व बाँडफाँडबाट १ करोड ३ लाख, समपुरक अनुदानबाट १ करोड ३० लाख र ससर्त अनुदानबाट १ करोड ५९ लाख ९४ हजार रहेको छ । नगरपालिकाको आन्तरिक श्रोतबाट ३ करोड ७६ लाख प्राप्त हुने उल्लेख छ ।
नगरपालिकाले पूर्वाधार विकासतर्फ ८ करोड ९० लाख, भवन, आवास तथा सहरी विकासतर्फ ८७ लाख, सञ्चार तथा सूचना प्रविधितर्फ ३६ लाख, सम्पदा पूर्वाधारतर्फ ४२ लाख रुपैयाँ विनियोजन गरेको बताईएको छ ।
सामाजिक विकासअन्तर्गत शिक्षातर्फ ३० करोड ५२ लाख, स्वास्थ्यमा ४ करोड २७ लाख, खानेपानी तथा सरसफाइतर्फ २४ लाख ५५ हजार, भाषा संस्कृतितर्फ ३५ लाख, लैंगिक समानता तथा सामाजिक समावेशीकरणमा ७४ लाख युवा तथा खेलकुदमा २३ लाख रुपैयाँ विनियोजन गरेको छ ।
कृषितर्फ १ करोड २१ लाख, उद्योगमा २२ लाख ५० हजार, पर्यटनमा २० लाख, जलश्रोत तथा सिंचाइमा २५ लाख, पशुपन्छी विकासतर्फ २४ लाख ५० हजार विनियोजन गरिएको उल्लेख छ । १७ करोड ७२ लाख विनियोजन गरिएको रकम भने सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रअन्तर्गत कार्यालय सञ्चालन तथा प्रशासनिकलगायतका कार्यक्रममा खर्च गरिने ओझाले बताइन् ।
आठराई त्रिवेणी गाउँपालिका
आठराई त्रिवेणी गाउँपालिकाले आगाी आर्थिक वर्ष २०८१/०८२ का लागि कूल ५० करोड ५४ लाख रुपैयाँको बजेट ल्याएको छ । गाउँपालिकाले वित्तीय समानीकरण अनुदानतर्फ १० करोड ९४ लाख १५ हजार रुपैयाँ बिनियोजन गरेको छ ।
वित्तीय समानीकरणतर्फ संघीय सरकारबाट प्राप्त १० करोड ३० लाख तथा प्रदेश सरकारबाट ६४ लाख १५ हजार रुपैयाँ स्रोत व्यहोर्ने क्षेत्रको रुपमा राखिएको छ । बित्तीय समानीकरणबाट भौतिक पूर्वाधार तथा अन्य कार्यक्रम खर्च गर्ने प्रस्ताव गरिएको छ ।
यस्तै राजश्व बाँडफाँडतर्फको ७ करोड ९ लाख रुपैयाँ चालू खर्च र कार्यक्रम खर्चतर्फ बिनियोजन गरिएको छ । यस्तै संघीय सरकारबाट प्राप्त १ करोड ५० लाख र प्रदेश सरकारबाट प्राप्त १ करोड रुपैयाँ गरी कूल २ करोड ५० लाख पूर्वाधार निर्माणका लागि खर्च गर्नेगरी बजेट बिनियोजन भएको छ । संघीय सरकारबाट प्राप्त २० करोड १९ लाख ५ हजार र प्रदेश सरकारबाट प्राप्त ५१ लाख ५० हजार रकम सर्त अनुसार खर्च गर्नेगरी बिनियोजन गरिएको छ ।
यस्तै संघीय सरकारबाट प्राप्त बिशेष अनुदान वापतको १ करोेड ५० लाख रुपैयाँ धोद्रे खानेपानी आयोजनामा खर्च गर्नेगरी बजेट बिनियोजन भएको छ । आन्तरिक आयतर्फ अनुमान गरिएको ३५ लाख रुपैयाँलाई निःशुल्क बिद्युत कार्यक्रममा खर्च गर्नेगरी बिनियोजन गरिएको छ ।
बसाई सरेर पालिकामा आउनेलाई ५० हजार नगद दिईने
पहाडी क्षेत्रमा बसाई सराई गरेर जानेको लर्को लागेको बेला ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले बसाई सरेर आउने परिवारलाई नगद उपलब्ध गराएने भएको छ । अध्यक्ष दीपेन्द्र पोमू (दीपेन) ले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै ३१ वटा मुख्य विषयलाई आधार मानि नीति कार्यक्रम तय गरिएका मध्ये बसाई सराई गरेर गाउँमा आउनेलाई पनि प्राथमिकतामा राखेको छ ।
जिल्ला तथा जिल्ला बाहिर जुनसुकै ठाउँबाट पालिकामा बसाइँ सरेर आउने प्रत्येक परिवारलाई ५० हजार रुपैयाँ उपलब्ध गराउने घोषणा गरेको छ । बसाई सरेर आउनेहरुलाई व्यवस्थापन हुने भन्दै पुरस्कार स्वरुप नगद उपहार दिने बजेटमा उल्लेख गरिएकाे छ ।
मैवाखोला गाउँपालिका
मैवाखोला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ४५ करोड १९ लाख ५३ हजार ३२ रुपैयाँको बजेट सार्वजनिक गरेको छ । कुल बजेटमध्ये चालूतर्फ २६ करोड ५० लाख ९८ हजार २३२ रुपैयाँ र पुँजीगत तर्फ १८ करोड ६८ लाख ४५ हजार ८ सय रुपैयाँ रहेको छ ।
बजेटमा सङ्घीय सशर्त अनुदानततर्फ १६ करोड ६० लाख ७२ हजार, वित्तीय समानीकरणतर्फ नौ करोड ३३ लाख, राजस्व बाँडफाडतर्फ ६ करोड ९६ लाख र विशेष अनुदानको एक करोड ८० लाख रुपैयाँ रहेको छ । प्रदेश वित्तीय समानी करणतर्फ ५५ लाख ४९ हजार, सशर्त अनुदानतर्फ ४७ लाख २२, राजस्व बाँडफाडको २२ लाख र समपुरक अनुदानतर्फ एक करोड रुपयाँ बजेट रहेको छ । गैर सरकारी संस्था एचपिएफ र जिडब्लुटीमार्फत तीन करोड ७१ लाख १२ हजार ३ सय ३२ रुपैयाँ रहेको छ ।
फक्ताङलुङ गाउँपालिका
फक्ताङलुङ गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ४६ करोड रुपैयाँको बजेट ल्याएको छ । गाउँपालिकाले कूल बजेटको ३१ प्रतिशत अर्थात १४ करोड २६ लाख ५ हजार रुपैयाँ पुँजीगत खर्चमा विनियोजन गरेको छ । संघीय तथा प्रदेश सर्शत अनुदानतर्फ कूल बजेटका ४५.६० प्रतिशत अर्थात २० करोड ९७ लाख ३५ हजार बिनियोजन भएको छ । चालू खर्चतर्फ भने १० करोड ७६ लाख ६० हजार रुपैयाँ अर्थात् कूल बजेटको २३.४० प्रतिशत बिनियोजन भएको छ ।
पाथिभरा याङ्वरक गाउँपालिका
पाथिभरा याङ्वरक गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ कोलागि ४६ करोड ७७ लाख ९९ हजारको बेजे ल्याएको छ । चालु खर्च तर्फ ३० करोड ४५ लाख १९ हजार रुपैयाँ छ भने पूँजीगततर्फ १६ करोड ३२ लाख ९० हजार रुपैयाँको बजेट ल्याएको अध्यक्ष केशर कुमार मेन्याङ्बोले बताए ।
मेरिङदेन गाउँपालिका
मेरिङदेन गाउँपालिकाले आगार्मी आर्थिक वर्ष २०८१/०८२ कालागि ४० करोड २० लाख ३० हजार रुपैंया बजेट ल्याएको छ । पालिका उपाध्यक्ष दुर्गाप्रसाद श्रेङ चङ्बाङले पेश गरेको बजेटमा पुजीगत तर्फ चालु तर्फ २७ करोड ५२ हजार रुपैयाँ छ । उता, पूजीगत तर्फ १२ हरोड ६८ लाख ३० हजार रुपैंया रहेको छ ।
मिक्वाखोलाको गाउँपालिका
मिक्वाखोलाको गाउँपालिकाले आगमी आर्थिक वर्ष २०८१/०८२ को लागि ३७ करोड ४७ लाख ३२ हजारको बजेट ल्याएको छ । पालिका उपाध्यक्ष डण्डु शेर्पाले बजेट भाषण प्रस्तुत गर्दै चालु तर्फ ८ करोड ५२ लाख ८९ हजार रुपैयाँ, सशर्त तर्फ १३ करोड ५६ लाख ७४ हजार साथै पूजी गत तर्फ ८ करोड ६६ लाख १८ हजार रुपैयाँ बजेट ल्याएको छ । त्यस्तै विषेस अनुदान २ करोड ९० लाख, समपुरक २ करोड ३० रुपैयको बजेट ल्याएको छ ।
सिदिङ्वा गाउँपालिका
सिदिङ्वा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ४२ करोड ६ं४ लाख १५ हजार ७ सय २० रुपैयाँको बजेट ल्याएको छ । गाउँपालिकाबाट विनियोजित १३ करोड ५७ लाख ६१ हजार ७२० रुपैयाँ, संघीय अनुदान सशर्ततर्फ १७ करोड ३३ लाख ३४ हजार बजेट रहेको छ ।
गाउँपालिकका उपाध्यक्ष कृष्णकुमारी कडरियाले बजेट पेश गर्दै संघीय सरकार विशेष अनुदानतर्फ १ करोड १० लाख, सरकार समपुरकतर्फ ९५ लाख, प्रदेश सरकार शसर्ततर्फ ९० लाख २० हजार र कार्यालय सञ्चालन तथा प्रशासननिक खर्चतर्फ ८ करोड ७८ लाख रुपैयाँ बजेट ल्याएको छ ।
सिरीजंघा गाउँपालिका
सिरीजंघा गाउँपालिकाले आगामि आर्थिक वर्ष २०८१/०८२ का लागि ५३ करोड७७ हजार २९ हजारको बजेट ल्याएको छ ।