पूर्वपोष्ट
ताप्लेजुङ, ९ असार । ताप्लेजुङको फुङ्लिङ नगरपालिका वडा न ८ ले शिक्षा भेला सम्मन्न गरेको छ ।
‘घर घरमा शिक्षा ,आजको आवश्यकता’ भन्ने नारा सहित शिक्षा भेला सम्पन्न भएको हो । भेलामा शिक्षा क्षेत्र कसरी उचाईमा पुर्‍याउने र शैक्षिक गुणस्तर कसरी सुधार गर्ने विषयमा छलफल भएको थियो । बसाइँ सराइले पनि विद्यार्थी घट्ने आधर भएकोले उनिहरुलाई रोक्न कसरी गुणस्तरीय शिक्षा प्रदान गर्नुे विषयमा छलफल भयो ।
भेलाले शिक्षक, प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघको बेग्ला बेग्लै संकल्प प्रस्ताव समेत पारित गरेको छ । सङ्कल्प प्रस्तावमा शिक्षकहरुले शिक्षकहरुको निर्धारित समयमा नियमित विद्यालय जान्छु, पाठ्यक्रमको मर्म र आशयलाई राम्ररी ग्रहण गरेर शिक्षण गर्छु लगायत १५ वटा बुँदा रहेका छन् । त्यस्तै प्रधानाध्यापकहरुको संकल्पमा म शैक्षिक प्रशासक मात्र हुईन, म त शिक्षक र विधार्थीको अभिभावक पनि हो, म प्रधानाध्यापक भएको विद्यालयलाई अब्बल दर्जाको बनाउन सदा प्रयत्नशिल रहेछु लगायत ११ वटा वुँदाको छ ।
उता, विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघको संकल्प पत्रमा संयुक्त रुपमा हामी विद्यालयलाई आवश्यक पर्ने स्रोत र साधन जुटाउने भनिएको छ । भने स्रोत र साधनको सही सदुपयोग गर्ने छौँ । विद्यालयमा भएका सबै प्रकारका गतिविधि तथा कार्यक्रमहरु पारदर्शी गर्न लाग्ने र गर्ने छौँ लगायत ११ वटा वुँदा विव्यस समिति र शिक्षक अभिभावक संघको संकल्प पत्रमा छ ।
कर्यक्रममा वडा नं ८ का वडा अध्यक्ष क्षितिज सुनुवारले शैक्षिक गुणस्तरलाई सुुधार गर्न वडा भित्र रहेका ७ वटै विद्यालयका उत्कृष्ट ७ जना शिक्षकलाई प्रोत्साहन स्वरुप नगद १० हजार सहित वडाले पुरस्कृत गर्ने बताए । वडामा रहेका विद्यालयका दैनिक रुपमा विद्यालय आउने, सरसफाईमा ध्यान दिने, ईमान्दार र जेहेन्दार विधार्थीहरुलाई पुरस्कृत समेत गर्ने वडाध्यक्ष सुनुवारले बताए ।
कार्यक्रममा प्रथम हुने हरेक विद्यालयका विधार्थीलाई नगद १५ हजार, द्धितिय हुने विधार्थीलाई १० हजार र तृतिय हुने विधार्थीलाई नगद ५ हजार सहित पुरस्कृत गरिनेछ । कार्यक्रममा नगर प्रमुख अमिर मादेन, उपप्रमुख भीमादेवी ओझा नगरको शिक्षा शाखा प्रमुख प्रकाश पौडेल, वडामा रहेका सात वटै बिधालयका प्रधानाध्यापक, शिक्षक, बाल विकास सहजकर्ता, शिक्षाविद् लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय