डिल्लिराम भट्टराई
ताप्लेजुङ, ७ जेठ । त्रिभुवन आर्मी क्लबका होमलाल श्रेष्ठ ताप्लेजुङ म्याराथनमा प्रथम बन्न सफल भएका छन्। ताप्लेजुङ पर्यटन महोत्सवको आयोजनामा भएको म्याराथनमा होमलालले निर्धारित दूरी ४ घण्टा पाँच मिनेट २७ सेकेन्डमा पार गर्दै च्याम्पियन बन्न सफल भएका हुन्।

ताप्लेजुङ पर्यटन महोत्सव स्थाल फुङलिङ नगरपालिका ५ वीरेन्द्रचोकबाट सुरु भएको म्याराथन पाथीभरा मन्दिरमा पुगरे पुनः सोही स्थलमा आउनुपर्ने थियो। ४७  किलोमिटरको सो म्याराथनमा होमलालले एक सय १५ प्रतिस्पर्धीलाई उछिन्दै जुन समय उनलाई च्याम्पियन बन्न सफल भए।

त्रिभुवन आर्मी क्लबकै तिलक सुनुवार दोस्राे बने उनले चार घण्टा १२ मिनेट  ४८ सेकेन्डमा पार गर्दै दोस्राे बनेका छन्। उता, पाँचथरको फिदिम नगरपालिका– १० प्रताप थाम्सुहाङ तृतीय भएका छन्। उनले निर्धारित समय चार घण्टा १३ मिनेट २४ सेकेन्डमा पार गर्दै तेस्राे बनेका हुन्। एक लाख ५१ हजार १११ रुपैयाँ, उपविजेताले एक लाख ११ हजार १११ रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन्।

यता, महिला हाप म्याराथनतर्फ त्रिभुवन आर्मी क्लबकै सुनसरी रोकाय प्रथम भएकी छन्। निर्धारित ३६ किलोमिटरको दूरी तीन घण्टा ४४ मिनेट ५२ सेकेन्डमा पार गर्दै प्रथम भएकी हुन्। यस्तै महिला हाफतर्फ फुङलिङ नगरपालिका– ६ की कुमारी गुरुङले ४ घण्टा २२ मिनेट ५३ सेकेन्डमा निधारित दूरी पार गर्दै दोस्राे बन्न सफल भइन्।

मैवाखोला गाउँपालिका– २ की विनिता तामाङ तृतीय भइन्। उनले निर्धारित समय चार घण्टा २७ मिनेट ४९ सेकेन्डमा पार गरेको आयोजकले बताएका छन्। त्यस्तै, महिला हाफतर्फका विजेताले ८१ हजार एक सय ११ र उपविजेताले नगद ५१ हजार एक सय ११ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। खुला म्याराथनमा एक सय १३ जना र महिला हाफ म्याराथनमा ४७ जना प्रतिस्पर्धी सहभागी भएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय