
केशवप्रसाद भट्टराई
ताप्लेजुङ, ५ जेठ । ताप्लेजुङमा जारी ताप्लेजुङ पर्यटन महोत्सवको तेश्रो दिन आर्थात जेठ ५ गते भएको डोको बन्ने प्रतियोगितामा शन्तवीर बिश्वकर्मा प्रथ मबनेका छन् ।
डोको कसरी बनिन्छ, भन्ने थाहा नभएका अहिलेका पुस्तालाई सिकाउने उदेश्ले डोको बुन्ने प्रतियोगिता राखेको आयोजकले बताएकोछ । डोको बन्ने प्रतियोगितामा सबैभन्दा छिटो तथा राम्रो डोको बुनेर शन्तवीर वि.क.ले उपाधि जीतेका छन् । डोको बन्नको लागि १ घण्टा आधाको समय छुट्याईएको थियो ।
१४ प्रतियोगीलाई पछि पार्दै सबैभन्दा उत्कृष्ट (राम्रो) डोको बनेर शन्तवीर वि.क.ले उपाधी जितेका हुन् । फुङलिङ नगरपालिका २ का लाक्पानुपु शेर्पा दोश्रो बनेका छन् । फुङलिङ नगरपालिका ९ का प्रकास गुरागाईले तेश्रो पुरस्कार हात पारेका छन् । डोकोको आकार दिएर चोयाको गुणस्तर, बनोटको प्रकृति, साटसज्जा, डोकोको गुणस्तरीयता र समयावधिलाई आधार मानेर अंक दिईएको डोको बन्ने प्रतियोगिताको समायोज गरिहेको नेपाल घरेलु तथा साना उद्योग महासंघ ताप्लेजुङका अध्यक्ष राजेन्द्र भारतीले जानकारी दिए । लघु उद्यम सृजनालाई प्रोत्साहन गर्न डोको र टपरी बुन्ने प्रतियोगिता सञ्चालन गरिएको महोत्सव आयोजक समितिले जनाएको छ ।
डोको बुन्ने प्रतियोगिताका बिजेताले ७ हजार, उपबिजेता अर्थात दोश्रोले ५ हजार तोश्रोले ३ हजार पुरस्कार पाएका छन् । उता, सहभागी सबैले नगद ५ सयका दरले प्रोत्साहन रकम पाउने मुलआयोजक समितिका सदस्य सचिब देवराज गुरुङले बताए ।
उता, बक्तृत्वकलामा फक्ताङलुङ गाउँपालिकाको सेवालुङ माध्यमिक विद्यालय कक्षा १० मा अध्ययन गर्ने टेकाहाङ लिम्बु प्रथम भएका छन् । पालिका भरिबाट एक जना उपस्थिति गराउने भनिए अनुसार प्रेत्येक नौ स्थानीय तहबाट ९ जना सहभागि थिए । नौ जना सहाभागीलाई उछिन्दै लिम्बु प्रथम भएका हुन् । सिरिजंघा गाउँपालिकाकी रेजी थेवे दोश्रो हुन सफल भएकी छिन् । त्यस्तै फुङलिङ नगरपालिका कि दिपिका पोख्रेल तेश्रो हुन सफल भएको मुल आयोजक समितिका सदस्य सचिव गुरुङले जानकारी दिए ।
बक्तित्वकलामा प्रथम, द्धितिय र तृतिय हुनेलाई क्रमसः ७ हजार, ५ हजार र ३ हजार पुरस्कार तथा प्रमाण पत्र वितरण गरिएको थियो । महोत्वस गत जेठ ३ गते देखि विभिन्न कार्यक्रका साथ सञ्चालन भईरहेको र जेठ ७ हुने समापन हुने आयोजकले बताएको छ ।