दिक्षा भट्टराई
ताप्लेजुङ ४ जेठ । ताप्लेजुङमा भईरहेको ताप्लेजुङ महोत्सवमा लोपोहुन लागेका टपरी तथा धुप बाट्ने प्रतियोता भएको छ ।
महोत्सवको दोश्रो दिन पलाष्टिकका भाडाहरुले विस्थापीत गरेको टपरीलाई पुनः जागृत गर्ने र पुराना पुस्ताबाट नयाँ पुस्तामा हस्तान्तरण गर्ने उदेश्यले गरिएको प्रतियोगितामा दिलमाया तामाङ प्रथम भईन् । ३३ जनाको सहभागीता रहेको टपरी बन्ने प्रतियोगितामा दोश्रो भने फुङलिङ नगरपालिका २ कि विष्णमाया गिरी तथा तेश्रो फुङलिङ २ कै टिकामाया भट्टराई भईन् ।
टपरी प्रतियोगिताको लागि आयोजकले २० मिनेट समय तथा २० वटा सालका पात बासका सिन्का उपलब्ध गराएका थिए । सो समयमा छिटो र राम्रो टपरी गास्नेले प्रथम साथै क्रमसः मुल्याङ्कनको आधारमा दोश्रो तथा तेश्रो छुट्याईएको टपरी प्रतियोगिता सञ्चालन समितिकी संयोजक मातृका देवि प्रसाईले बताईन् ।


अर्को धुप बाट्ने प्रतियोगिको उपाधी सुकमाया फुरुम्बु लिम्बुले जितेकि छन् । उनले निर्धारीत ५ मिनेटको समयमा १० धुप बटारेकी थिईएन् । उता, ८ वाटा धुम बटारेर कृष्णमाया कार्की दोश्रो भईन् भने ७ वटा धुप बटारेकी राधिका खवास तोश्रो भईन् ।
घरेलु तथा साना उद्योग विकास समितिले सहआयोजनामा सञ्चालन प्रतियोगिता लोपहुन लागेका पौराणीक शिपहरुलाई नयाँ पुस्तामा हस्तातरण गरि पुनः जागृत गर्ने उदेश्य रहेको घरेलु तथा सानाउद्योग विकास समिति कार्यालयका प्रमुख युवराज घोरासईनीले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय