
केशवप्रसाद भट्टराई
ताप्लेजुङ, ३१ बैशाख । हिमाली जिल्ला ताप्लेजुङका पर्यटन महोत्सवको तयारी पुरा हुन लागेको छ ।
शनिबार पत्रकार सम्मेलन गरि आगामी जेठ ३ गते ७ गतेसम्म ५ दिन पर्यटक प्रवद्धनको लागि महोत्सव सञ्चालन हुने भएकोे र तयारी भईरहेको महोत्सब संचालनक समितिका अध्यक्ष संयोजक तथा जिल्ला समन्वय समितिका प्रमुख छिरिङ लामाले बताउनुभयो ।
उहाँले जिल्ला तथा नेपालकै प्रशिद्ध तीर्थस्थल पाथीभरा, कञ्चजंघा, फुङफुङ्गे लगयतका पर्यटकीय स्थानहरुको प्रचार प्रसार तथा पहिचानको लागि पनि महोत्सबको अयोजना गरिएको बताउनुभयो ।
२०६३ साल देखि संचालन भएको पाथीभरा म्याराथन तथा पर्यटन महोत्सब कोरोनाका काराण २ बर्ष सम्म हुन सकेन । २०६५ साल, २०६६ साल, २०६७ साल, २०६९ साल, २०७२ साल, २०७४ साल, २०७६ सालमा पाथीभरा म्याराथन तथा पर्यटन महोत्सव भएको थियो । सो महोत्सबामा खुल्ला म्याराथन तोक्मेबाट सुरु भइ ३ हजार ७ सय ९४ मिटर उचाइको पाथीभरा मन्दिरको टुप्पोमा पुगेर पुनः सदरमुकाम फुङलिङ स्थित तोक्मेमा आएर पूरा हुने गरेको छ । यस बर्ष पनि सोही अनुसार म्याराथन हुने भएको सञ्चाक समितिका सदस्य सचिब देवराज गुरुङले बताउनुभयो ।
उता, महिला हाफ म्याराथन भने तोक्मेडाँडाबाट सुरु भइ काफ्लेपाटी पुगेर पुनः सदरमुकाम फुङलिङ स्थित तोक्मेमा आएर पूरा हुने छ ।

SAMSUNG CSC
महोत्सबको आकर्षण
आगामी जेठ ३ गतेबाट ७ गते सम्म हुने ताप्लेजुङ पर्र्यटन महोत्सबमा विभिन्न कार्यक्रम गरिने भएको छ ।
कार्यक्रमको पहिलो दिन अर्थात जेठ ३ गते विहान बजारमा कलस यात्रा गरिने छ । त्यसपछि कृषिमेला प्रर्दशनी, औधोगिक हस्तकला, खाद्य परिकार महोत्सब, अन्तर पालिका स्तरीय चौथो मेयर कप भलिवल प्रतियोगिता, डोको क्यारी रन पुरुष प्रतियोगिता, टपरी बन्ने प्रतियोगिता, डोको बन्ने प्रतियोगिता, बतृत्वकला प्रतियोगिता, लोक सास्कृतिक कार्यक्रमहरु गरिने आयोजक समितिका संयोजक छिरिङलामाले बताउनुभयो । महोत्सबको पर्यटन प्रबर्धन सम्बन्धि अन्तरकृया, खाध्य परिकार महोत्सब, कृषिमेला लगायत कर्यक्रम रहेका छन् ।
त्यस्तै महोत्सबको मुख्य आकर्षक म्याराथुन दौड तथा हाफ महिला म्याराथुन दौड हुने सदस्य सचिब देवराज गुरुङले बताउनुभयो । विभिन्न कार्यक्रमका साथ महोत्सबको समापन कार्यक्रम जेठ ७ गते हुने बताईएको छ ।
महोत्सबमा ८० लाख खर्चको अनुमान
जेठमा हुन लागेको पाथीभरा म्याराथन तथा पर्यटन महोत्सवका कार्यक्रम सञ्चालनका लागि करिव ८० लाख रुपैंया खर्च हुने अनुमान गरिएको छ ।
मूल आयोजक समितिका सदस्य सचिव देवराज गुरुङले विभिन्न कर्याक्रममा खर्चको अनुमान गरिएको बताउनुभयो ।
२५ विदामा कर्यक्रम संचालन गरिने भएकाले तथा पाँच दिन सम्म कार्यक्रम चल्ने भएकाले खर्चको अनुमान गरिएको हो । खर्च विभिन्न दाताबाट जुटाउने गरि योजना गरिएको सञ्चालक समितिले बताएको छ । महोत्वस सम्योजक लामाले पर्यटन मन्त्रालयलाई र पर्यटन बोर्डलाई गरि २० लाख रुपैया माग गरेको बताउनुभयो । उहाँले प्रदेश तर्फ, स्थानीय गाउँपालिका, तथा विभिन्न दाताहरुसग आस राखेर महोत्सबको आयोजगना गरिएको बताउनुभयो । उहाँले सबै जनाले सहयोग गरेर सफल गरिदिन समेत आग्रह गर्नु भयो ।
उन्नाईस सदस्यीय मुल आयोजक समिति
पर्यटन महोत्सव सञ्चालन मुल आयोजक समिति १९ जनाको रहेको छ । जिल्ला समन्वय प्रमुख छिरिङलामाको सम्येजकत्व्मा मूल आयोजक समिति रहेको छ ।
जिसस प्रमुख छिरिङ लामा, फुङलिङ नगरपालिका प्रमुख र अन्य ८ वटा गाउँपालिकाका अध्यक्षहरु लगायतर रहेका छन् । कार्यक्रम सफल बनाउन २८ वटा उपसमिति समेत बनेका छन् । उप-समितिलाई आ-आफ्नो समितिलाइ पूणर्ता दिई जिम्मेवारी अनुसारको काम अघि बढाउने दायित्व दिएको बताईएको छ ।
सदरमुकाम फुङ्लिङ बजार सरसफाई
ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा यहि जेठ पहिलो सातादेखी शुरु हुने दोस्रो ताप्लेजुङ महोत्सव तथा कृषि, पर्यटन, औद्योगिक व्यापार मेलालाई लक्षित गरेर सोमबार बजार सरसफाई गरिएको छ ।
फुङ्लिङ नगरपालिका तथा जिल्ला समन्वयन समितिको आयोजनामा बैसाख ३ देखि ७ गते सम्म फुङ्लिङ नगरपालिका वाड नं. ५ स्थित हुलाक लाइन नजिकको प्राङ्गणमा हुने महोत्सवलाई केन्द्रित गरेर बजारका बिभिन्न टोल तथा सडक नाली सरसफाई गरिएको हो । तोक्मे डाँडाबाट शुरु भएको सरसफाई अभियान बजारका बिभिन्न भागको सरसफाई पछि पाथीभरा चौकमा पुगेर सकिएको थियो । सरसफाई अभियानको अवसरमा बोल्दै महोत्सव आयोजकका सचिव देवराज गुरुङले महोत्सवमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई ताप्लेजुङ बजार सफा र सुरक्षित नगर रहेको सन्देश प्रवाहका लागि सरसफाई गरिएको बताउनुभयो । सरसफाई अभियानमा उद्योगी व्यवसायी, नेपाली सेना, नेपाल प्रहरी, पाथीभरा बहुमुखी क्याम्पसका विद्यार्थी, बिभिन्न क्लब सघं संस्था लगायतको सहभागिता रहेको थियो